Monday, October 25
Shadow

अब लाइसेन्सको ट्रायल खुल्ने…. पुरा जानकारी

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

सरकारले को’रोना सं’क्रमण बढे सँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ ।

यातायात व्यवस्था विभागले साउन अन्तिम सातादेखि लाइसेन्सको ट्रायल परीक्षा खुलाउने तयारी गरेको हो । विभागले आगामी आइतबार मातहतका
कार्यालयसँग छलफल गरेर ट्रायल परीक्षा खुलाउन लागेको हो ।

विभागले यसअघि नै लाइसेन्सको ट्रायल खुलाउने तयारी गरेकोमा कोरो,ना संक्र,मण रोकथामका लागि जारी निषे’धाज्ञा पूर्णरूपमा नहटेको भन्दै
यातायात कार्यालयले ट्रायल खुलाउन नसकिने बताएका थिए ।पछिल्लोपटक विद्यालय, विश्वविद्यालयलगायतका परीक्षा धमाधम सुरु भएपछि विभागले पनि ट्रायल
खुलाउने तयारी गरेको हो ।

विभिन्न खाले सवारी साधान चलाउनका लागि अनलाइन आवेदन दिएर लाखौं सेवाग्राही ट्रायल परीक्षाको प्रतीक्षामा बसेका छन् ।गत वर्ष लकडाउनपछि
सरकारले अनलाइन प्रणालीमा आवेदन खुलाएको थियो ।

अनलाइन प्रणाली मार्फत ट्रायल परीक्षाका लागि आवेदन दिनेहरूले पालो कुर्दाकुर्दै को’रोनाको दोस्रो भे’रियन्टको सं’क्रमण बढेपछि
पुनः ट्रायल परीक्षा ब’न्द गरिएको थियो । साभार गरियको खबर