Tuesday, October 26
Shadow

ओलीले अध्यक्ष पद नछाडेसम्म एकता हुँदैन ! अोलीले छोडलान त पद?

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मा’लोचना गरेर पार्टीको अध्यक्ष पद छाडेपछि मात्र पार्टीमा एकता हुने बताएकी छन् ।

शनिबार अखिल फोर्सको बृहत भेलामा बोल्दै नेतृ झाँक्रीले अध्यक्ष ओली अध्यक्ष पदबाट ब’हिर्गमन नभएसम्म पार्टी एकता नहुने जिकिर गरिन् ।

उनले भनेकी छन्, ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पुर्‍याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्,
त्यतिबेला मात्र पार्टी एकता हुन्छ ।’

प्रतिग’मनकारीसँग शीरमा राखेर त्यहीँ पार्टीमा बस्न नसक्ने पनि उनले बताएकी छन् । ‘दुई दुई पटक संसद् वि’घटन गर्ने प्रति’गमनकारी कि जनादेश ?
एउटै पार्टीमा उभिएपछि एउटै धारणा हुनुपर्छ कि पर्दैन ? यदि प्रतिग’मनकारी हो भने त्यहीँ पार्टीलाई शीरमा राखेर बस्न सक्छौँ कि सक्दैनौँ ?

प्रतिग’मन होइन भने प्रतिग’मन हो भनेर हामी संसद्मा वि’द्रोह गरेर अ’दालतसम्म पुग्नेहरु त्यो पार्टीको सदस्य हुन्छन् कि हुँदैनन् ?,’ उनको प्रश्न छ ।

उनले आफूहरु पार्टी एकता विरो’धी नभएको पनि स्पष्ट पारेकी छन् । त्यसैले अब पुस ५ र जेठ ७ प्रति’गमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने पनि
उनको माग छ । त्यसैले यी सबै प्रश्नको जवाफ १० बुँदे सहमतिले दिन नसक्ने उनले बताइन् । न्युज २४ बाट साभार गरियको खबर