Friday, October 22
Shadow

धुमधामले भित्र्याएकी वेहुलीले हनिमुनको तयारी गरेकै बेला मध्यरातमा यस्तो गरेपछि !

** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **

एजेन्सी । एक जना ब्यक्तिले धुमधामले विवाह गरेर वेहुली भित्र्याए । तर जव हनिमुनको तयारीमा थिए वेहुली त छतवाट हाम फागेर सम्पर्क विहिन भइन् ।
यो घटना भारत मध्यप्रदेशको भिन्डको गोरेमी क्षेत्रमा भएको हो । वेहुलाले विवाहका लागि ९० हजार रुपैया खर्च गरेका थिए ।

हनिमुन अगाडी नै वेहुली हराएपछि वेहुला धोका भयो भन्दै प्रहरीकहाँ गएका छन् । गोरमी पुलिस स्टेशनले ३ जनालाई हिरासतमा लिएर सोधपुछ गरेको छ।

जानकारीका अनुसार गोर्मी क्षेत्रमा बस्ने दिव्यांग सोनू जैनको विवाह भएको थिएन। सोनू जैनको परिचयका ग्वालियर निवासी उदल खटीकले
सोनु जैनलाई एक केटी विवाहका लागि ल्याएका थिए । ९० हजार रुपैयामा सहमति भयो र विवाह पनि भयो । तर राति नै घटनाले अर्कै रुप लियो ।

मंगलबार उदाल खटीक अनिता रत्नाकर नामकी महिलासँग गोर्मी पुगेका थिए। अनिता रत्नाकरसँगै उदल खटीक अरुण खटीक र जितेन्द्र
रत्नाकरसँग गोर्मी पुगेका थिए।

यस बाहेक उदल खाटिकको साथमा अर्को व्यक्ति पनि थिए। यहाँ सोनू जैनको विवाह अनितासँग परिवारका सदस्यहरूको अगाडि घरमा
भएको थियो। मंगलसूत्र लगाइयो, सिन्दुर भरियो। सोनुका परिवारका सदस्यले दुलहा र दुलहीलाई आशीर्वाद दिए। त्यस पछि सबै सुत्न गए।

अनिताले आफ्नो भाई भनर जितेन्द्र रत्नाकलाई चिनाएकी थिइन् । जितेन्द्र र अरुण खटीक दुबै कोठाबाहिर सुतिरहेका थिए । अचानक अनीताले
आफु विरामी भएको बहाना गरिन् । उनी एक छिन छतमा जान्छु भनेर वाहिर निस्किन् । जब मध्यरातमा परिवारका अन्य सदस्य पनि ब्युझिए
वेहुलीलाई देखेनन् । अनि उनको खोजी हुन थाल्यो ।

यस पछि, दुलहा बनेका सोनू गोरमी पुलिस स्टेशन पुगे र घटनाको बारेमा जानकारी दिँदै उजुरी दता गराए । सोनु जैनले उदाल खटीक,
जितेन्द्र रत्नाकर, अरुण खटीक र अनिता रत्नाकर र अर्को एक अज्ञात व्यक्तिका विरुद्ध उजुरी दिएका छन् । प्रहरीले ३ जनालाई पक्राउ
गरेर सोधपुछ सुरु गरेको छ । साभार गरियको खबर