Tuesday, December 7
Shadow

फेरी चार हप्ता लकडाउन !

अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लक’डाउनको समया वधि फेरि थप गरिएको छ ।

दैनिक स’ङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार न्यू साउथ वेल्सभर थप १७७ जना सङ्क्रमित भएका छन् ।

सिड्नीमा अब अगस्ट २८ सम्म निरन्तर लकडाउन लागू हुने भएको छ । नयाँ थप गरिएको ल’कडाउ’न अवधिका लागि प्रतिब’न्धात्मक व्यवस्थाहरू
पनि थप गरिएको छ । किनमेल गर्नु परेमा स्थानीय सरकारको अनुमतिमा घरदेखि १० किलोमिटर टाढासम्म मात्रै जान पाइने व्यवस्था गरिएको छ

अस्ट्रेलियाको सबैभन्दा ठूलो सहरमा डेल्टा भे’रिअन्ट ‘फैलिएपछि गएको जुन महिनाको अन्त्यबाट घरमा नै बस्न आदेश दिइएको छ । सिड्नीमा
मात्रै यस वर्ष कोरो’नाभा’इरसबाट दुई हजार ५०० भन्दा बढी व्यक्ति स’ङ्क्रमित भएका छन् ।

सानास्तरको म’हामारी नि’यन्त्रणमा लिएका भिक्टोरिया र साउथ अस्ट्रेलियाले भने बुधबारबाट लक’डाउन अन्त्य भएको घोषणा गरेका छन् ।
तर सिड्नीमा भने निषे’धाज्ञा सेप्टेम्बर वा त्योभन्दा पछिसम्म जारी रहनसक्ने विज्ञहरूले अनुमान गरेका छन् ।

विज्ञ र सरकारी अधिकारीहरूले स’ङ्क्रमण दर शून्य नजिकै नभएसम्म सिड्नी’लाई पुनः खुला गर्न नसकिने बताइरहेका छन् । लगातार
भइरहेको लकडाउनप्रति कतिपय मानिसले भने विरोध जनाएका छन् । उनीहरूले सिड्नी, मेलबर्न लगायतका विभिन्न सहरहरूमा प्रदर्शन पनि गरेका थिए ।रासस