Tuesday, December 7
Shadow

बढ्यो सुनको मुल्य ! प्रतितोला कति पुग्यो त जान्नुस

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले नै बढेको हो ।

मंगलबार प्रतितोला ९२ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर तोलाको
९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्यघटेर तोलाको १ हजार २ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

क्यानेड नेपालबाट साभार यस्तै १ किलो १ सय ६५ ग्राम सुन सहित एक युवक प’क्राउ परेका छन् । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थलबाट गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई १ किलो १ सय ६५ ग्राम सुन सहित मंगलबार बिहान प्र’हरीले प’क्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्र’हरीले विमानस्थलस्थित आन्तरिकतर्फको भ’न्सारमा जाँच
गर्ने क्रममा सु’टकेशभित्र फलामे ‘धातुको कप आकारको बस्तुमा उक्त सुन लुका’ई ल्याउँदै गरेको अवस्थामा फेला पारी प’क्राउ गरेको जनाएको छ ।

उनलाई उक्त सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सा’र कार्यालय गौचरमा राखी थप अ’नुस’न्धान भइरहेको बताएको छ ।