Saturday, October 23
Shadow

विवाहमा किन साइँली औंलामा नै औंठी लगाइन्छ ? यस्तो छ अचम्मको कारण !

नेपाली समाजमा विवाह वा टिकाटालो गर्दा औलामा औंठी लगाइदिने चलन छ । विशेषत दुलहा दुलहीले एकअर्काको देब्रे अर्थात बायाँ हातको साइँली
औंलामा औठी लगाइ दिने चलन छ ।साइँली बाहेक अन्य औंलामा औंठी लगाइदैन ।

धेरै मानिसमा यस बारे जिज्ञाशा हुनसक्छ किन साइँली औंलामा नै औंठी लगाइन्छ त रुएकअर्कासँग विवाह बन्धनमा बाधिएको प्रतिक वा संकेत स्वरप
विहे गर्दा औंलामा औंठी लगाउने चलन चलेको हो । जसलाई विवाह भएको चिन्ह मानिन्छ ।

विवाहमा औंठी लगाइदिने चलन इशापूर्व ३००० बाट शुरु भएको हो ।त्यसबेला विवाहमा औंठी लगाउने चलन थियो । जो कालान्तरमा परम्परा बनिदियो ।
पहिले औंठी लगाउँदा बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन रहेको थियो । त्यस बेला बायाँ हातको साइँली औंलामा औठी लगाउँदा यसको
सम्बन्ध सीधा मनसँग हुने मान्यता थियो ।

औंठीको परम्परा एसियन मुलुकमाभन्दा बढि युरोपियन मुलुकहरुमा रहेको छ । विवाहमा औंठी लगाउँदा यसले परिवारप्रतिको जिम्मेवारपन बोध हुने र
जीवनसाथीको रक्षाका लागी तत्पर रहने मान्यता रहेको छ । एक आपसमा प्रेम साटासाट गर्न पनि औंठी लगाइदिने चलन रहेको छ ।जिन्दगीका पानाबाट साभार गरियको खबर