Monday, October 25
Shadow

थाहा पाउनुहोस्, सपनामा मन्दिर देख्नुको मतलव के हो त ? यस्तो छ रहस्य

सपना हामीले देखेका नै छौँ । तर सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने कुरा भने तपाईलाई थाहा नहुन सक्छ ।

आज हामी सपनामा मन्दिर देख्दा के हुन्छ भन्ने बारेमा तपाईलाई जानकारी दिनेछौँ । मन्दिर यदि सपनामा देखियो भने मानसिक रुपमा धेरै तनाव हुने
गरेको स्वप्न शास्त्रमा बताइएको छ । यदि हामीलाई सपनामा कुनै मन्दिर देखियो भने त्यसको अर्थ हामी अब कुनै तनावपूर्ण समस्यामा पर्दैर्छौँ भन्ने बुझ्नु पर्दछ

यो पनि पढ्नुहोला :आइतबार जन्मिएका मानिसको भाग्य कस्तो हुन्छ ?

मानिसको स्वभाव र भाग्य समेत जन्मवारले निर्धारण गर्ने शास्त्रीय मान्यता रहेको छ । हिन्दू धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान
अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुन्छ । मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबार बाट थाहा पाउन सकिने
कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ आईतवार जन्मेका मानिसहरु कस्ता हुन्छन् यहाँ उल्लेख गरिएको छ ।

आईतवार सूर्यको वार हो । जसरी सूर्यको प्रकाशबाट सबै ग्रहहरुले उर्जा लिईरहेका हुन्छन् । यहाँ सम्मकी मानिस,जीवजन्तु,वनस्पती पृथ्वी सबैले सूर्यबाट
उर्जा लिईरहेका हुन्छन् । त्यसरी नै आईतवार जन्मने मानिसबाट अरु बार जम्मने मानिसहरुले केहि न केहि लिईरहेका वा आशा गरिरहेका हुन्छन् ।

ग्रहहरुको मन्त्रिमण्डलमा सूर्यलाई राजा मानिन्छ । त्यसैले आईतवार जन्मने मानिसहरु राज्यमा उच्च पोष्ट तथा कार्यकारी पदको प्रतिनिधित्व गरिरहेका हुन्छन् ।
आईतबार जन्मने मानिसको पितासँगको सम्बन्ध बलियो हुन्छ । रातो रङ,औषधि,उन, गहु,सेतो कागजको व्यापारबाट पनि मनग्गे लाभ लिईरहेका हुन्छन् ।

आइतवार जन्मेका व्यक्तिमा प्रशस्त उर्जा तथा कन्फिडेन्ट पावर प्रशस्त हुन्छ । सकारात्मक सोचकै कारणले जीवनमा प्रगतिपथमा लम्किरहेका हुन्छन् । अरुको
भावना तथा संवेदनालाई सजिदै बुझ्ने हुँदा दयालु हुन्छन् तर कहिलेकाही कठोर निर्णय लिन पनि पछि पर्दैनन् । देखेको कुरा भनिहाल्ने र धेरै दिनसम्म मनमा
कुरा खेलाएर बस्न नसक्ने स्वभाव हुन्छ । धर्म तथा अध्यात्ममा विशेष राख्ने हुनाले धार्मिक यात्रा गरिरहन्छन् ।

चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन,राजनीति अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् । अरु मानिसलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर
पनि उनीहरु चाँडै रिसाउने वा घमण्डी स्वभावका हुन्छन् । राजनीति,व्यापार व्यावसाय गरेर ईज्जत प्रतिष्ठा कमाउने तथा धनवान हुन्छन् ।

आइतवार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्न रुचाउँछन् । आँटिला शाहसी तथा पराक्रमी भएका कारणले प्राविधिक पेशा व्यवासायमा अब्बल हुन्छन् । विशेष गरेर राजनीति,डाक्टर,पाईलट,विज्ञान तथा प्रविधि क्षेत्रमा जबरजस्त पहुच स्थापित गर्दछन् ।

ज्यो.दुर्गा भण्डारी ।