Sunday, November 28
Shadow

‘नि’षेधाज्ञा खोल्नुभन्दा झन क’डा बनाउने बेला भइसक्यो’

गत मंगलबार गृह मन्त्रालयले लामो र मध्यम दूरीमा सार्वजनिक सवारी सहजीकरणका लागि देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो ।
कोरोना महामारी बढिरहेको बेला गृह मन्त्रालयले यस्तो निर्देशन दिँदा काठमाडौं उपत्यकाका तीन जिल्लाका सीडीओ भने अन्योलमा परेका छन् ।

काठमाडांैं उपत्यकामा दैनिक ७५० भन्दा धेरै सं’क्रमित थपिरहेका छन् । निषेधाज्ञा जारी नै रहेपनि भिड’ड हुने गतिविधीहरु भइरहेका छन् । त्रिभुवन
विश्व विद्यालय अन्तर्गतका रोकिएका स्नातक तहका परीक्षाहरु सञ्चालन भइरहेका छन् ।

‘‘त्रिभुवन विश्व विद्यालयका अब हुने परीक्षाका परीक्षार्थीलाई अप्ठे’रो पर्ने भएकालाई सहयोग हुने हेतुले सार्वजनिक यातायात सहजीकरण गर्न गृहले निर्देशन
दिएको हो,” जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘‘अन्य प्रयोजनका लागि निर्देशन दिएको होइन ।
यसर्थ हामीले अत्यावश्क लामो दूरीका सार्वजनिक सवारी साधनलाई सहजीकरण गरिरहेकै छौँ । भिडभाड कै कारण सं’क्रमण फै’लिने र पहिलेजस्तै भया’वह अवस्था आउने जोखि’म छ ।”

अब १० गतेपछि लामो मध्यम दूरीका र अन्य प्रयोजन खुला हुनेबारे बाह्रखरीको प्रश्नमा प्रजिअ निरौला भन्छन्, ‘‘सं’क्रमणदर हेरर हुन्छ, अहिले उपत्यकाको
सं’क्रमणदर हेर्ने हो भने नि’षेधाज्ञा राम्रोसँग खोल्नुभन्दा घटाउनुपर्ने बेला भएको छ । तर, निषे’धाज्ञाबारे तीन जिल्लाका सीडीओबीच केही छलफल
भएको छैन । आज काठमाडौंका सीडीओलाई फोन गर्ने सोचमा छु ।”

काठमाडौं उपत्यकामा पछिल्लो १० दिन थप गरिएको निषे’धाज्ञामा खुकुलो प्रा’वधान छ तर अहिले सं’क्रमण बढिरहेकाले नि’षेधाज्ञा के हुने भन्नेबारे
टुंगो लागिसकेको छैन । कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी छ ।

अर्कातर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको जो’खिम भएकाले पूर्वतयारीमा बस्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिइसकेको छ । नि’षेधाज्ञा
थप्ने वा ह’टाउने र खुकुलो प्रावधान नियन्त्रण गर्न कस्तो प्राव’धान लागु गर्नेबारे निषेधाज्ञा सकिन एक वा दुईदिन अघि सीडीओ बैठक बस्दै आएको छ ।
सीसीएमसीको निर्देशन बमोजिम उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको थप निर्णय गर्दै आएका छन् ।यो खबर बाह्रखरीमा प्रकाशित छ।