Tuesday, October 26
Shadow

भूलेर पनि चिनीकाे प्रयाेग यसरी नगर्नुहोस्, नत्र आइपर्न सक्छन तपाईकाे स्वास्थ्यमा यस्ता समस्याहरु ! सबैले जान्नैपर्ने

भूलेर पनि चिनीकाे प्रयाेग यसरी नगर्नुहोस्, नत्र आइपर्न सक्छन तपाईकाे स्वास्थ्यमा यस्ता समस्याहरु ! सबैले जान्नैपर्ने । खाद्यपदार्थमा चिनीको मात्राे
बढी हुनु स्वास्थ्यमा समस्या हुनुकाे प्रमुख कारण रहेको पाइन्छ ।

यद्यपि, कति चिनी खानु स्वास्थ्यका लागि उपयोगी हो भन्ने हालसम्म प्रमाणित भइसकेको छैन तर, अमेरिकी हार्ट एसोसियनका अनुसार पुरुषले एक दिनमा
३७ दशमलव ५ ग्राम अर्थात् एक सय ५० क्यालोरीबराबर चिनी खानु उपयुक्त हुन्छ । त्यस्तै, महिलाको हकमा एक दिनमा २५
ग्राम अर्थात् एक सय क्यालोरी बराबर उपयुक्त छ । यस्ता छन् धेरेै चिनि खानुका असरहरु:-

१) म-धुमेह:- पछिल्ला ३० वर्षदेखि विश्वभर म-धुमेहका बिरामीको समस्या दोब्बर संख्यामा बढ्दै गएको अध्ययनले देखाएको छ । विशेषगरी,
चिनीयुक्त जुस, सफ्ट ड्रिंक्स र अन्य खाद्यपदार्थबाट शरीरमा चिनीको मात्रा बढिरहेको पाइन्छ जसले गर्दा रगतमा इन्सुलिनको मात्रा बढ्न जान्छ र मधुमेह हुन्छ ।

२) क्या-न्सर:- रगतमा चिनीको मात्रा बढी भएमा भिटामिन सीको कमी हुन्छ । फलस्वरूप शरीरमा प्रतिरोधी क्षमतामा एकाएक कमी आउँछ ।
त्यस्तै, चिनीकै कारण ग्रोथ हार्मोनको उत्पादनमासमेत कमी आउँछ । शरीरमा कोषको वृद्धि नियन्त्रण गर्न इन्सुलिनको महवपूर्ण भूमिका छ। क्या
-न्सरजन्य कोषको वृद्धिमा पनि सघाउ पुर्याउँछ। अनि, क्या-न्सरको जोखिम बढेर जान्छ ।

३) मोटो’पना:- चिनीको अत्यधिक सेवन मोटोपनाको प्रमुख कारण हो । चिनीमा उच्च क्यालोरी मात्रा हुने भएकाले मोटोपनको समस्या निम्तिने गर्छ ।
उच्च चिनीयुक्र सोडा, जुस, चिया, कफी, केकजस्ता खाद्यपदार्थको सेवनले मोटोपना बढ्छ। यस्ता खाद्यपदार्थको सेवनले भोक लाग्ने हुँदा बढी खाना
खाइन्छ । फलस्वरूप शरीरमा क्यालोरीमा मात्रा बढ्न गई मोटोपन हुन्छ ।

४) एजि’ङ:- रगतमा चिनीको मात्रा बढी भएमा छाला सुक्खा हुने समस्या देखिन्छ। साथै, कोष र हर्मोन उत्पादनमा गडबडी आउने हुँदा कतिपय
मानिसमा एजिङ (चाँडै बुढो देखिने) को स-मस्या समेत हुने गरेको पाइन्छ ।

५) मु’टुरोग:- आजकल विश्वभर नै मुटुरोगीको समस्या बनेको छ। जसको कारण चिनीयुक्त खाद्यपदार्थ पनि प्रमुख हो । शरीरमा आवश्यकताभन्दा बढी
चिनीको मात्रा हुँदा उच्च रक्तचाप र ब्लडसुगरको सम्भावना बढेर जान्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धमनीमा बोसो जम्मा हुन्छ र धमनी साँघुरो हुन
जान्छ, जसलाई मेडिकल भाषामा एथोरोस्क्लेरोसिस भनिन्छ । यसले गर्दा रक्तसञ्चारमा समस्या आउने भएकाले मुटुमा विभिन्न समस्या देखापर्छन्।

६) डि’-प्रेसन:- अत्यधिक चिनी सेवनले मानसिक एकाग्रतामा कमी ल्याउनुका साथै झर्किने र डि-प्रेसनमा आउने समस्या निम्त्याँउछ । एक अध्ययन अनुसार
फास्टफुड तथा प्रशोधित खानेकुरा बढी खाने व्यक्तिमा डिप्रेसनको समस्या बढी हुने गरेको छ । केक, चकलेट र गुलिया जुस आदिमा चिनीको मात्रा बढी हुन्छ।

७) अन्य:- चिनीको मात्रा बढी भएमा शरीर सुन्निने, पेटमा समस्या हुने, हड्डी खिइने, टाउको दुख्ने र मा-इग्रेन हुने तथा म-र्गौलामा नकारात्मक असरसमेत
पुग्ने गरेको छ । साथै, बच्चाको दाँतमा समस्या देखापर्छ । साभार गरियको खबर