Monday, December 6
Shadow

टिकटकमा भाइरल भक्तपुरको प्लटिङ, आनाको कति पर्ला त ? जान्नुस

टिकटक प्रयोग गर्नुहुन्छ भने तपाईंले भक्तपुरस्थित सिपाडोलको जग्गा प्लटिङ त देख्नु भएकै होला । व्यवस्थित आवासको रुपमा विकास
गर्नका लागि शुरु गरिएको प्लटिङ निकै नै भाइरल बन्यो ।

मानिसहरु जग्गा खरिद गर्न मात्रै होइन, घुम्न, फोटो खिच्न र टिकटक बनाउन पनि त्यहाँ जान थाले । फोटो र भिडियो खिच्नेको भिड बढेपछि त्यहाँ
प्रतिबन्ध नै लगाउनु पर्ने अवस्था आयो ।

चिटिक्क मिलेका घडेरी देख्दा खरिदकर्ता मात्रै होइन धेरैलाई मोहित बनायो ।
करिब ७ वर्षदेखि जग्गा संकलन गरिएको र पछिल्लो २० महिनामा प्लटिङ लगायतका काम गरिएको निकभुजी किक कम्पनीका सञ्चालक डिल्ली बराइली बताउँछन्।उनका
अनुसार २० महिनाको अवधिमा तयार भई बिक्रीका लागि बनाइएको प्लटिङ पछिल्लो समय भाइरल बनेसँगै मानिसको आवातजावत बढेको बताए ।

‘भुजिकिक कम्पनीले करिब ७ वर्षदेखि उक्त प्लटिङमा काम गर्दै आएको हो, को’रोना महा’मा’रीको समयमा लकडा’उन र निषेधाज्ञा’का कारण घुम्न गएकाले
टिकटक बनाएपछि भाइरल बनेको हो,’ बराइलीले भने ।जग्गा भाइरल बनेपछि इच्छुक खरिदकर्ताको फोन बढी आएको उनले बताए ।

१५ वर्षदेखि निरन्तर जग्गा व्यवसायीको रुपमा काम गर्दै आएको उनले व्यवस्थित प्लटिङको अवधारणामा काम गर्दै आएको ६ वर्ष भएको छ । जसमा
बराइलीसँगै अन्य ६ जनाको सहकार्यमा सिपाडोलको मात्रै नभएर अन्य ६ वटा व्यवस्थित प्लटिङ तयार गरिसकेका छन् ।

कम्पनीका अध्यक्ष पूर्णबहादुर लिम्बु, प्रबिन कुस्मा, डिल्ली बराईली, राजुराम कुस्मा, लक्ष्मी सुन्दर कुस्मा र राकेश भेलेको संयुक्त लगानीमा उक्त प्लटिङ गरिएको
हो ।बराईलीका अनुसार विगत १५ वर्ष जग्गा व्यवसायीको रुपमा काम गर्दै आएकाले व्यवस्थित आवासको अवधारणाको विकास गर्नुपर्छ भन्दै करिब ६ वर्षदेखि
व्यवस्थित प्लटिङ विकास गरेको बताए । उक्त प्लटिङ शुरु गरेसँगै एकपछि अर्को नयाँ सफलता मिलेको उनको भनाइ छ ।

कम्पनीले स्थानीयबासी र अन्य बाहिरी मानिससँगको सहकार्यमा ३ सय ५० रोपनी जग्गाको व्यवस्थित प्लटिङ गरेको छ । जसमा ६० प्रतिशत स्थानीयबासीको जग्गा
छ भने कम्पनीको ४० प्रतिशत जग्गा रहेको छ ।‘कम्पनीले सबै किनेर व्यवस्थापन गरेको जग्गा होइन,’ उनले भने, ‘यस जग्गासँग धेरै मानिसहरूको सहकार्य
रहेको छ । जसमा विभिन्न जिल्लाका मानिसहरू जोडिएका छन् ।’ साथै, स्थानीयबासीको सहकार्यमा उपयुक्त प्लटिङ गर्न सफल भएको बताए ।

अरनिको राजमार्गबाट साढे एक किलोमिटरभित्र रहेको सिपाडोलमा ३ सय ५० रोपनी जग्गाको प्लटिङ हालसम्मकै नमूना प्लटिङ रहेको छ ।
कम्पनीले अन्तर्राष्ट्रिय बजारको अवधारणालाई अपनाउँदै सो प्लटिङ विकास गरेको कम्पनीले जनाएको छ । जसमा हरेक घरमा स्मार्ट सिटीमा
हुनुपर्ने सबै पूर्वाधारको विकास गरेको छ ।

प्लटिङ गरिएको जग्गाका ४ सय घर बन्ने बराईलीले जानकारी दिए । करिब ३ वर्षअघिसम्म अधिकतम प्रतिआना १५ लाख रुपैयाँमा बिक्री भएकोमा अहिले
कम्पनीले बाँकी भएको जग्गाको मूल्य प्रतिआना २६ लाख तोकिएको छ ।

त्यस्तै, यातायात, पूर्वाधार र अन्य विभिन्न सेवा सुविधा सम्पन्न रहेको उपत्यकामा पछिल्लो समय जग्गा किनेर गाउँबाट सहर बसाई गर्नेको लर्को रहेको छ ।
यसले गर्दा रिङरोडभित्र बस्न सक्ने अथवा जग्गा खरिद गर्न सक्ने सम्भावना हुँदैन । त्यसैले पछिल्ला दिनहरूमा रिङरोडभन्दा बाहिरका क्षेत्रहरूमा जग्गा
किनबेच अधिकतम हुने गर्दछ ।

अधिकतम जग्गाको खरिद विक्री भएकाले नयाँ बस्तीमा विभिन्न सम’स्या आएको देखिन्छ । साथै, अ’व्यवस्थित देखिन्छ । त्यसैले नयाँ अवधारणाका साथ नयाँ
प्लटिङको विकास भई स्मार्ट सिटी विकास गर्नेमा कम्पनीले जोड दिएका छन् ।‘उपत्यकामा पछिल्लो समय जग्गा किनबेच अधिकतम बढेको छ । त्यसैले
कम्पनीलाई जग्गा व्यवसायलाई पनि व्यवस्थित रुपमा विकास गर्नका लागि करिब ७ वर्ष देखि निरन्तरता दिँदै आएका छौं । उक्त अवधारणामा काम गर्दै
आउँदा यस प्लटिङ्ले झनै हौसला मिलेको छ,’ उनले भने ।

कम्पनीले तयार गरेको प्लटिङको जग्गामा पैसा मात्रै नभएर भावना’त्मक, व्यवहारिक, सामाजिकलगायत सम्पूर्ण भावना जोडिएको उनको भनाइ छ ।
सो प्लटिङमा पहिलै स्थानीयबासी र करिब ६५ जिल्लाको मानिसहरूको जोडिएको बताए ।

यो खबर क्लिकमान्डु डटकमबाट साभार गरियको हो । बाँकि यसको भिडियोको लागी उक्त्त सार्इटमा जानुहोला ।