Sunday, October 24
Shadow

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तनावमा ! कारण भने यस्तो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी भित्रबाट मन्त्री छान्न सम’स्या भएको बताउनु भएको छ । भिडियो ।

माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सबै सांसदलाई

मन्त्री चाहिएपछि आफू चिन्ता र मान’सिक तना’वमा रहेको बताउनुभएकाे हाे । उहाँले पद र अवसर नपाए नेतृत्वलाई गा’ली गर्ने प्र’वृत्ति बढेको पनि
बताउनुभयो । आदर्शको कुरा गर्नेहरु पनि पद नपाउनासाथ गा’ली गर्न थाल्ने भन्दै पदका लागि जे पनि गर्ने प्रवृति अन्त्य गर्नुपर्ने उहाँकाे भनाइ छ ।

यस्तै अर्को खबर कृषिप्रधान देश नेपालले एक वर्षमै झण्डै ८० अर्ब रुपैयाँको खाद्यान्न विदेशबाट आयात गरेको छ । हेर्नुस रिपोर्ट ।

नेपालमै मनग्य उत्पादन गर्न सकिने धान, गहुँ, मकै, कोदो, फापर, जौँ तिल लगायतका खाद्यान्न छिमेकी देश भारतदेखि युरोपका विभिन्न देश,
अमेरिका अनि दक्षिण अफ्रिकाबाट समेत आयात भएको छ । गएको आर्थिक वर्षमा ५० अर्ब रुपैयाँ भन्दा धेरैको धान/चामल मात्रै आयात भएको छ ।

भन्सार विभागका अनुसार गत वर्ष ५० अर्ब ८० करोड रुपैयाँको धान, चामल, कनिका र च्युरा आयात भएको छ । यसमध्ये झण्डै ४५ अर्ब रुपैयाँको
धान/चामल भारतबाट मात्रै आयात भएको छ । नेपालले चीन, अमेरिका, इन्डोनेसिया,
जापान फिलिपिन्स लगायत देशबाट धान, चामल आयात गर्दै आएको छ ।

यस्तै, गएको वर्ष मात्रै साढे १६ अर्ब रुपैयाँको मकै आयात भएको छ । नेपालले भारत, चीन देखि अर्जेन्टिना, दक्षिण अफ्रिका लगायतका देशबाट मकै
आयात गरेको छ । नेपालमा एकै वर्ष ३८ अर्ब ५० करोड रुपैयाँको हरियो तरकारी, २१ अर्ब रुपैयाँको फलफूल, साढे नौ अर्ब रुपैयाँको चिया/कफी
आयात भएको छ ।

नेपालीहरु सुविधाभोगी बन्दै जाँदा सुखसयलका सामग्रीको आयात पनि बढ्दै गएको देखिएको छ । ९७ अर्ब ३७ करोड रुपैयाँका गाडी भित्रिएका छन् ।
३४ अर्ब रुपैयाँ भन्दा धेरैका मोबाइल, फोन र पाटपूर्जा आयात भएको छ । यस्तै ६४ करोड ५८ लाख रुपैयाँको घडी मात्रै आयात भएको छ ।

समग्रमा गएको आर्थिक वर्षमा नेपालले १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात गरेकोमा जम्मा एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको छ ।
नेपालको व्यापार घाटा एकै वर्ष १३ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । उज्यालो अनलाइनबाट साभार गरियको