Tuesday, October 26
Shadow

ओलम्पिकमा पहिलो खेलमै नेपाल पराजित !

जापानको राजधानी टोकियोमा भइरहेको ३२औं ग्री’ष्मकालीन ओलम्पिक खेलकुदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै प’राजित भएकी छन् ।
केही बेरअघि सम्पन्न खेलमा भट्टले राउन्ड अफ ३२ अन्तर्गत महिला ४८ किलो तौल समूहमा रुसी खेलाडी इरिना डोल्गोभासँग हा’र व्यहोरेकी हुन्

जुडोको विश्व वरियतामा नेपालकी १९ वर्षीया भट्ट १२७औं स्थानकी खेलाडी हुन् भने रुसकी डोल्गोभा विश्व वरियताको नवौं स्थानमा रहेकी छन् ।
भट्टले डोल्गोभासित इप्पोनको आधारमा पराज’य व्यहोर्नुपरेको हो ।

भट्टले सो खेलमा विपक्षी खेलाडसित १ मिनेट १६ सेकेन्डसम्म मात्र भिड्न सकिन् ।उनी वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा छनोट भएकी हुन् ।
भट्टले २०७६ मंसिरमा नेपालमै भएको १३औं दक्षिण एशियाली खेलकुद (साग) मा महिला ४८ किलोमुनिको तौलमा कास्य पदक प्राप्त गरेकी थिइन् ।

शनिवारै भएको सुटिङ स्पर्धामा नेपालकी कल्पना परियारले पनि प’राजय व्यहोर्नुपरेको थियो । टोकियो ओलम्पिकमा अब पौडीका
गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ ।

सिंहले महिला १०० मिटर फ्री स्टाइल, शाहले पुरुष १०० मिटर फ्री स्टाइल र चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् । लोकान्तर डटकमबाट
साभार गरियको खबर