Tuesday, January 18
Shadow

के तपाई जागिरको खोजीमा हुनुहुन्छ ? देशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले माग्यो कर्मचारी

विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूले विभिन्न पद तथा सेवामा पदपूर्तिको माग गरेका छन् । तल थिचेर सम्पुर्ण जानकारी लिनुस ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेडिकल अधिकृत (कोभिड व्यवस्थापन)का चार जना र फार्मेसी सहायक (करार) दुई जना माग गरेको छ ।

यसैगरी घरपझोङ गाउँपालिका, जोमसोम मुस्ताङले पनि कृषि अधिकृतको विज्ञापन खुला गरेको छ । गाउँपालिकोले छैटौं तहको
कृषि अधिकृत पदमा एक जना माग गरेको हो ।

मुस्ताङकै श्री जनकल्याण आवासिय विद्यालय घरपझोङ ३ स्याङ, मुस्ताङका लागि रिक्त दरबन्दी अन्तर्गत अस्थायी करार शिक्षक
माग गरेको छ । विद्यालयले निमावि तृतीय श्रेणीमा एक जना शिक्षकका लागि आवेदन माग गरेहको हो ।

सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि विभिन्न पद र संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आन्तरिक लेखा परिक्ष विभागका लागि अधिकृत
१ जना, योजना अनुगमन कर्जा विभागका लागि अधिकृत १ जना, सूचना तथा प्रविधि विभागमा १ जना अधिकृति र सहायक तहमा केही कर्मचारीहरू
माग गरेको हो ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि विभागी प्रमुख १ जना र अन्य विभिन्न पदका लागि कर्मचारी माग
गरेको छ । यो खबर अर्थ डबली डटकमबाट साभार गरियको हो । हेर्नुहोस