Monday, October 25
Shadow

आज पनि ह्वात्तै घट्यो सुनको भाउ, हेर्नुहोस् प्रतितोला कति पुग्यो त ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ घटेको छ। भिडियो हेर्नुस ।

बुधबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला
९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो
प्रतितोला १२ सय ६० रुपैयाँमाकारोबार भएको थियो।

लामो समयको को’रोना महा’मारी र लक’डाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ हुने गरेको छ।
नयाँपुस्ताबाट साभार गरियको खबर यस्तै अर्को खबर मा कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । पुर्ण जानकारीको लागी तल थिच्नुस ।

कतारको Facilities Managemant & Maintenance कम्पनीले क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२
महिला गरी १८४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ ।

तलब खान बस्न सहित ३२ हजार देखि ७१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले मेनपावर
soundlines recrument pvt महालक्ष्मीस्थान ललितपुरमा साउन १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको
विज्ञापनमा उल्लेख गरिएको छ । यो खबर अाजको अर्थ डटकमबाट साभार गरियको हो ।