Sunday, November 28
Shadow

कतारले माग्यो १८४ जना नेपाली कामदार, तलब कति ? जान्नुस

कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । पुर्ण जानकारीको लागी तल थिच्नुस ।

कतारको Facilities Managemant & Maintenance कम्पनीले क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२
महिला गरी १८४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ ।
करार अवधि २ वर्षे रहेको छ ।

तलब खान बस्न सहित ३२ हजार देखि ७१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले मेनपावर
soundlines recrument pvt महालक्ष्मीस्थान ललितपुरमा साउन १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको
विज्ञापनमा उल्लेख गरिएको छ । यो खबर अाजको अर्थ डटकमबाट साभार गरियको हो ।