Friday, October 22
Shadow

‘शेरबहादुर देउवा नेतृत्वको सरकारबाट जनताले धेरै आश नगरे हुन्छ’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट धेरै आशा गर्न नसकिने बताएका छन् ।

गठब’न्धनबाट बनेको नयाँ सरकारप्रति विश्वासको वातावरण नभएकाले जनताले धेरै आश गर्ने ठाउँ नभएको उनको दाबी छ ।

राप्रपा मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित अगुवा कार्याकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले शान्ति, स्थिरता र समृद्धिको जनताको
आशा विप’रीत मुलुकमा धर्म परि वर्तन, विदेशी चल’खेल र भ्र’ष्टाचार व्याप्त रहेको जिकिर गरे । गणत’न्त्र, धर्मनि’रपेक्षता र संघीयता ष’ड्य’न्त्रमूलक
ढंगले लादिएको समेत उनको दाबी

कांग्रेस र कम्यु’निष्टबीच वैचारिक, चरि’त्रगत र नीतिग’त भिन्नता नरहेको भन्दै थापाले अबको विकल्प राप्रपा मात्र भएको दाबी गरे ।
थापाले महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृ’ढीकरण अभियान सञ्चालन गर्न मकवानपुरका कार्यकर्तालाई निर्देशन समेत दिए ।

मुलुकलाई स्थिर राजनीतिक प्रजा’तान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता
व्यक्त गरेका छन् ।सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष

गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एक ढिक्का बनाई लैजान नेता तथा
कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।यो खबर नेपाल घट’नाबाट साभार गरियको खबर हो।