Tuesday, December 7
Shadow

नेपाल आइडल सिजन–४ सुरु हुँदै, जजमा तिन जना नै नयाँ राखिने !

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् ।

केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् ।

यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता दिन नसकिने नेपाल
आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

“उहाँहरु अरु नै शोमा गइसकेपछि उहाँहरुले निरन्तरता पाउने कुरा भएन,” निर्देशक पौडेलले भने, “उहाँहरु तीन जना नै दोहोरिनु हुन्न ।
तर, अब आउने जज को हुन्छ भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।”

नेपाल आइडलको पहिलो सिजनबाट तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।
उनीहरु अहिले ग्लोक्सी फोके टेलिभिजनबाट प्रशारणको तयारीमा रहेको म्युजिकल रियालिटी शो सारेगम लिटिल च्याम्प्समा निर्णायकमा आबद्ध भइसकेका छन् ।
साभार बार्हखरी डटकमबाट साभार गरियको