Tuesday, December 7
Shadow

फेरी पनि चर्चामा प्रियंका कार्की । कारण भने यस्तो

आमा बन्ने पक्का भएको सार्वजनिक गरेसँगै सामाजिक संजाल र मिडियामा नायिका प्रियंका कार्की चर्चामा छिन् ।

प्रियंकाले सार्वजनिक गर्ने तस्वीरलाई लिएर सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया धेरै आउने गरेका छन् । यसले, नायिका कार्कीलाई
भने कत्ती पनि फरक पारेको छैन । प्रियंका आफै पनि गसिपमा रमाउने नायिका हुन् ।

प्रियंकाले केही दिन अगाडि मात्र बेबी सावरका तस्वीरहरु सार्वजनिक गरिन् । उनै, प्रियंकाले सन्तानलाई जन्म दिने दिन नजिकिदै
जाँदा स्विमिङ पूलमा रमाएका तस्वीरहरु सार्वजनिक गरेकी छिन् ।

स्विमिङ पूलमा प्रियंकासँगै उनका नजिकका साथीहरु पनि रमाएको देख्न सकिन्छ । प्रियंकाको यो तस्वीरमा आलो’चनात्मक
प्रतिक्रिया धेरै आएका छन् । तर, केहीले भने गर्भवती भएको समयमा जीवनको आनन्द लिएको भन्दै प्रियंकाको प्रशंसा पनि गरेका छन् ।
यो खबर अनलार्इन खबर बाट लिइयको हो ।