Monday, December 6
Shadow

आज देखि २ कम्पनीको IPO बिक्री खुल्ला, कति दिने आबेदन ?

नेपालमा आईओपी को बढिनै आइरहेको छ ।आज साउन ५ गते २ कम्पनीको इपो बिक्रीको लागि खुला भएको छ । तलको भिडियो हेर्नुस ।

जसमध्य तेह्रथुम पावर कम्पनी लिमिटेड र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन ।

तेह्रथुम पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले तेह्रथुम जिल्लाका
बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

सो शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा
साउन १९ गते हुनेछ। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ २ गतेसम्म लम्बिनेछ।

त्यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्र र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दाका लागि कुल ६० लाख कित्ता
आईपीओ निष्कासन गरेको हो।

सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस),
बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ गाविस र साविक मानेश्वरा

गाविस)मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण सेयर र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा
स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण सेयर निष्कासन गरिएको हो।

आयोजना प्रभावित क्षेत्र र स्थानीयका लागि पुनः निष्कासन गरिएको आईपीओमा छिटोमा साउन १७ गतेभित्र र ढिलोमा साउन ३२ गतेभित्र
आवेदन दिइसक्नुपर्नेछ। स्थानीयले न्यूनतम ५० कित्ता तथा अधिकतम ४०० कित्तासम्मको लागि दरखास्त दिन पाउनेछन्। साभार गरियको खबर