Tuesday, October 26
Shadow

शरिरमा टाटु भएका नेपाली नायिकाहरु, कसको कहाँ र कस्तो छ जान्नुस ?

ब्यक्तिअनुसार सबैको आ-आफ्नै अलगअलग सोच हुन्छ । युवा पुस्तामा ट्याटु मोह निकै बढेको देखिन्छ । तल थिच्नुस ।

यस्तै नेपाली कला क्षेत्रमा पनि थुप्रै कलाकारहरुमा ट्याटु मोह देखिएको छ । कतिपय कलाकारहरु त ट्याटु हानेका तस्बिरहरु सार्बजनिक भएपछी
ट्रोलका सिकार पनि बने । आउनुहोस् आज हामी नेपाली चलचित्र क्षेत्रका १० अभिनेत्रीहरु कसले कस्तो ट्याटु बनाएका छन् भन्ने बिषयमा चर्चा गर्नेछौ ।

१. प्रियंका कार्की (मर्मेडको आकृति) –
पछिल्लो समयमा चर्चा र बि’बादमा आईरहने नायिका हुन् प्रियंका कार्की। अभिनेत्री कार्की पनि ट्याटुप्रती निकै आकर्षित रहेकी छिन्। उनले आफ्नो ढाडको
दाहिने पातामा फिमेल फिगर र्ममेडको सुन्दर डिटेल ट्याटु बनाएकी छिन्। यस्तै उनले दाहीने खुट्टामा पनि ट्याटु खोपेकी छिन्। विभिन्न समारोहहरुमा
नायिका कार्कीले आफ्नो ढाडमा रहेको ट्याटुलाई देखाउने गर्छिन्। प्रियंकाले आफ्नो शरीरमा अहिलेसम्म चारवटा ट्याटु खोपाइसकेकी छिन् ।

२. नम्रता सापकोटा (प्वाख) –
छक्का पन्जा, ब्रासलेटलगायतका सिनेमामा काम गरेकी अभिनेत्री नम्रता सापकोटाले पनि एउटा प्वाख शरीरमा खोपाउन भ्याएकी छन् । उनको
शरीरको पछाडी पट्टी रहेको उक्त ट्याटु केही समय अघि उनी गोवा गएर खिचाएका केही तस्वीहरुमा देखिएपछि निकै चर्चा बटुलेको थियो ।

३. वर्षा शिवाकोटी (जन्म चिह्नको ट्याटु) –
नायिका वर्षा शिवाकोटीले केही समयअघि दायाँ खुट्टाको पिँडुलामा भेडाको टाउकोसहितको महिलाको आकृति खोपाएकी थिइन् । उनले ट्याटुको रहर
भन्दा पनि जन्मदाको बर्थ साइन आफ्नो शरीरमा अंकित गर्ने रहर पूरा गरेकी हुन् । के बनाउने भन्ने सोच्दासोच्दै आफ्नै राशिको चिह्न खोपाउने चाहना
भयो— वर्षा भन्छिन् । वर्षाको राशि कन्या हो । त्यसैले उनले आफ्नो शरीरमा कन्या राशिको आकृतिलाई मोडिफाइ गरेर प्रस्तुत गरेकी छिन् ।

४. शशी खड्का (उडेको पुतली) –
यस्तै नायिका शशी खड्काको छातिमा पुतली उडेको ट्याटु देखिने गरि खिचिएको तस्बिरहरु इन्टरटेन्मेन्ट वेब साइटहरुमा मात्र होइन्, अखवारका कला
पेजहरुमा पनि निकै प्रकाशित भईरहेको थियो । पछिल्लो चलचित्र ‘किन किन’ मा रोल निर्वाह गरेकी शशीले छातीमा पुतलीको ट्याटु खोपाएकी छिन् ।
शशी खड्काले चलचित्र ‘पलपलमा’ बाट नायिकाको रुपमा नेपाली सिनेमामा डेब्यु गरेकी थिइन् ।

५. सुष्मा कार्की (सुर्य) –
नेपाली सिनेमा क्षेत्रमा ग्ल्यामर नायिकाको रुपमा परिचित नायिका हुन् सुष्मा कार्की । उनले करियरको सुरुवाती दिनहरुमा मोडलिंग गरेकी थिइन् ।
मोडलिंगमा राम्रो प्रतिकृया पाएपछि अभिनयमा लागेकी सुष्माको डेब्यु फिल्म ‘मेरो एउटा साथी छ’ हो, जसमा उनि सहायक रिलमा देखिएकी थिइन् ।
उनले छातीमा सुर्यको ट्याटु बनाएकी छिन् ।

६. करिष्मा मानन्धर (गुलाब) –
४० बर्ष माथि पुग्दा पनि अहिलेका नयाँ नायिकालाई सुन्दरतामा चुनौती दिइरहेकी नायिका हुन् करिश्मा मानन्धर । चलचित्रका सार्वजनिक कार्यक्रममा पुग्दा
करिश्माको अगाडि जुनसुकै नायिका पनि फिक्का हुन्छन् । चाहे पहिरनको तुलना होस् या सुन्दरताको नै किन नहोस् । करिश्माको छातीमा खोपिएको
ट्याटुले उनको सुन्दरतामा इट्टा थपिरहेको छ ।उनले छातीको बायाँ भागमा ट्याटुमा गुलावको फुलकी रंगिन आकृति बनाएकी थिईन् ।

७. सुभेच्छा थापा (नेपालको झण्डा) –
बेला बेलामा अनेक हर्कतका कारण चर्चामा आउने नायिका हुन् शुभेच्छा थापा । उनले पनि आफ्नो देब्रे छातिमा ट्याटु खोपेकी छिन् । उनी ट्याटु
देखाउनकै लागि त्यस्तै पहिरनहरु ल्गाउने गर्छिन् । उनले नेपालको झण्डा अंकित ट्याटु खोपेकी छिन् ।

८. अश्लेषासिंह ठकुरी (फूलको ट्याटु) –
चलचित्र ‘प्रेमगीत–२’ मार्फत नेपाली रजतपटमा डेब्यु गरेकी नायिका अश्लेषासिंह ठकुरीले आफ्नो दाहिने तिघ्रामा ट्याटु खोपाएकी छिन् । चलचित्र
प्रदर्शनपछि ट्याटु खोपाएकी अश्लेषाले दाहिले तिघ्रामा ठूलो फूलको रंगीन आकृति कुँदाएकी छिन् । अश्लेषाले जस्तोसुकै परिस्थिति आइपरे पनि
नआत्तिई फूलजस्तै कोमल र सुन्दर भैरहने सन्देशका साथ उक्त ट्याटु खोपाएकी हुन् । अश्लेषालाई फूल सार्‍है मन पर्ने भएकाले पनि उनले
ट्याटुमा कलरफुल फूल रोजेकी हुन् ।

९. जिया केसी (बिच्छी) –
फिल्म एटिएममा अनेक सिन दिएर चर्चामा आएकी नायिका हुन् जिया केसी । अहिले भुवन केसीसँग बसीरहेकी जियाले पनि छातिमा बक्षस्थलभन्दा
केही माथि बिच्छीको ट्याटु खोपेकी छिन् । उनले फिल्म एटिएम पछि भने खासै ट्याटुको शो गरेकी छैनन् । जिया हाल फिल्म नगरीबाट गुमनाम नै छिन् ।

१०. आशिमा नकर्मी (मन्डला) –
ट्याटु खोप्ने र मनपराउनेहरुमा अभिनेत्री अशिष्मा नकर्मी पनि एक हुन्ल । उनले आफ्नो ढाडको गर्धनभन्दा तलतिर मण्डलाको ट्याटु खोपेकी छन्ल ।
नायिका आशिष्मा नकर्मीको ट्याटुले पनि चर्चा पाएको छ । आशिष्माले अन्तराल, अर्धकट्टी लगायतका चलचित्र र
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

११. पुजना प्रधान (शिव पार्बती) –
अभिनेत्री पुजना प्रधानले पनि पहिलो ट्याटु आफ्नो हातमा पुजना भन्ने शब्द राखि ट्याटु खोपेकी थिइन त्यस्तै पछि आफ्नो ढाडको
दाहिने पातामा शिव र पार्वतीको आकर्षक ट्याटु खोपेकी छिन्। यो उनको दास्रो ट्याटु हो । साभार पब्लीक न्युज नेपाल