Sunday, October 24
Shadow

चर्चित कलाकार ‘चम्सुरी’को दुवै मिर्गौला ड्यामेज, तुरुन्तै प्रत्या’रोपण गर्नुपर्ने डाक्टरको भनाइ !

काठमाडौं । ‘चम्सुरी’ नामले सुपरिचित हास्य कलाकार पल्पसा डंगोलको दुवै मि’र्गौला फे’ल भएको छ ।

उनी हाल टिचिङ अस्प’ताल महाराजगञ्जमा उप’चाररत छिन् । एक महिना अगाडि स्वा’स्थ्य ख’राब भएपछि प’ल्पसा टिचिङ अस्प’ताल भर्ना भएकी थिइन् ।
सहकलाकार तथा नजिककी साथी दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्प’साको मि’र्गौलामा स’स्या देखिएको थियो । तर छोरीहरुले थाहा
नपाउन् भनेर आफ्नो रो’ग लुकाउँदै आएकी थिइन् ।

दिपाश्रीले भनिन्, ‘उहाँले डाक्टरको सल्लाह अनुसार औष’धि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई यु’रिक एसि’ड मात्रै भएको भनेर
भन्नुभएको थियो । एक महिनाअघि अस्प’ताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’

अस्पतालमा डाइल’सीस चलिरहँदा अस्ति देखि पल्पसाको स्वास्थ्य’मा सम’स्या आएको चिकित्स’कले बताएका छन् । पछिल्लो पटक गरिएको डाइल’सीसका
क्रममा सम’स्या आएकाले डाक्टरले चाँडोभन्दाचाँडो मि’र्गौला प्र’त्यारोपण गर्न सुझाव दिएका छन् ।

स्वा’स्थ्य ग’म्भिर भएपछि आत्तिएकी पल्पसाले कलाकार सुरवीर पण्डितमार्फत केही साथीहरुलाई खबर गर्न लगाएकी थिइन् । सुरवीरबाटै थाहा पाएर आफू
अस्पताल पुगेको दिपाश्रीले बताइन् ।‘उहाँले यतिबेला हिम्मत हार्नुभएको छ, मसित अब बाँच्दिन भनेर निकै बि’लौना गर्नुभयो,’ दिपाश्रीले भनिन्, ‘उहाँलाई
सबै दर्शकको हौसला र सहयोगको आवश्यकता छ ।’

पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीहरुसँग बस्दै आएकी छन् । कलाकारिता गरेर नै उनले आफ्ना दुई छोरीहरुको पालनपो’षण
र शिक्षादिक्षाको जिम्मेवारी वहन गर्दै आएकी थिइन् । उनका छोरीहरु कमाउन सक्ने भइसकेका छैनन् । काठमाडौंको बालाजुमा पल्पसाको घर छ ।
मि’र्गौला प्र’त्यारोपणका लागि ठूलो खर्च लाग्ने भएकाले आर्थिक सहयो’गको अह्वान गरिएको छ ।

पल्पसा केही समयअघिसम्म अभिनयमा सक्रिय नै थिइन् । उनले हास्य टेलिश्रृंखला मेरी बास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी छिन् । लक
डा’उनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनु अघिसम्म उनले त्यसमा काम गरिरहेकी थिइन् ।साभार ताजा खबर