Saturday, October 23
Shadow

मलाई प्रलोभनमा पार्ने कोशिस भइरहेको छ, कृपया दुःख नगर्नु होला !

काठमाडौँ – नेकपा एमालेकी सांसद गंगा थारुले आफूलाई प्रलोभनमा पार्ने प्रयास भइरहेको बताएकी छन् ।

पार्टीकै केही नेताहरुले आफूलाई टेलिफोन गरेर प्रलोभनमा पार्ने प्रयास गरिरहेको भन्दै त्यसो नगर्न पनि अपील गरेकी छन् ।
उनले आफूलाई प्रलोभन नदेखाउन र एमालेको नीति वि’परित केही नगर्ने सामाजिक सञ्जाल मार्फत अपिल गरेकी छन् ।

उनले लेखेकी छन्, ‘केही मित्रहरुले पार्टी हितको विप’क्षमा लाग्न मलाई फोन गरेर प्रलोभनमा पार्ने दु’ष्प्रयास गरि
रहनु भएको छ । कृपया दुः’ख नगर्नु होला मित्रहरु ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘म गंगा थारु कुनै पनि हालतमा जनताको प्यारो पार्टी नेकपा एमालेको अहि’त हुने कुनै पनि
गतिवि’धिमा लाग्ने छैन । यो स्पष्ट हो र यो मेरो प्रण पनि हो । पार्टीले जे जस्तो निर्णय गर्छ पार्टीको एउटा इमान्दा’र कार्यकर्ताको हैसियतले
त्यसको अक्षरशः पालन गर्नु मेरो कर्तव्य हो ।’

एमालेको माधवकुमार नेपाल समूहले शेरबहादुर देवा नेतृत्वको सरकारलाई समर्थन गरेको छ । देउवालाई विश्वासको मतका लागि
एमालेका सांसदहरुको पनि सम’र्थन चाहिन्छ ।यो खबर देश सञ्चार डटकममा छापियको छ ।