Saturday, November 27
Shadow

ओलीले बोलाए एमाले स्थायी कमिटि बैठक, के होला त अब?

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बस्ने भएको छ।

अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने जनाइएको छ ।

सरकारबाट बाहि’रिएपछि ओलीले स्थायी कमिटि बैठक बोलाएका हुन्। नेता माधव कुमार नेपाल समूहले शेरबहादुर देउवालाई समर्थन
गरेपछि एमाले भित्रको वि’वाद फेरि उत्क’र्षमा छ ।

विभाजन उन्मुख एमालेलाई एक’तावद्ध बनाउने प्रयास स्वरुप दोस्रो तहका नेताहरु छलफलमा छन्। यो खबर देश सञ्चार डटकममा छापियको छ । यस्ते

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिवार जनता समाजवादी पार्टी( जसपा) का अध्य’क्ष महन्थ
ठाकुरले भेटेका छन्। ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीलाई जसपाको ठाकुर समुहले भेटेका हुन्।

अध्यक्ष ठाकुरसँगै नेता राजेन्द्र महत्तो, शरदसिंह भण्डारी, अनिल झाको समूह बालकोट पुगेको हो।

‘उहाँ प्रधानमन्त्रीबाट ह’टेपछि भेट भएको थिएन। त्यसैले के छ कस्तो छ भन्ने विषयमा बुझ्न गएका थियौँ,’ नेता झाले भने।

सर्वो’च्च अ’दालतले नेपाली काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओलीको प्रधानमन्त्री पद गु’मेको थियो। ओलीले सरकार
नेतृत्व गर्दा केही दिन जसपा पनि सरकारमा सहभागी भएको थियो। जसपा भित्र उपेन्द्र यादव समुहले भने प्रधानमन्त्रीमा देउवालाई साथ दिएको थियो।
त्यसपछि जसपा फु’टको संघा’रमा पुगेको थियो। पार्टीको आधिकारिकता वि’वाद हाल निर्वाचन आयोगमा विचा’रधिन छ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। अहिले जसपामा अध्यक्ष ठाकुर समूह मत नदिने पक्षमा
उभिएको छ। तर आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। के अध्यक्ष ओलीको भेटमा मतको विषयमा पनि छलफल भएको हो त?

‘यस विषयमा कुनै छलफल भएको छैन। त्यसको लागि दुईचार दिनमा फेरी अर्को बैठक होला,’ नेता झाले भने।

भेटमा प्रधानमन्त्री हुँदा चारैतिरबाट घेरिएको र अहिले प्रधानमन्त्रीबाट पदमु’क्त भएपछि कस्तो हुँदो रहेछ भन्ने विषयमा ठ’ट्टा समेत भएको
नेता झाले बताएका थिए। यो खबर पहिलोपोस्ट डटकममा रहेको छ ।