Sunday, October 24
Shadow

देउवा नेतृत्वकाे गठबन्धन अस्वस्थ र अप्राकृतिक :ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अस्वस्थ र अप्राकृतिक रहेको बताउनुभएको छ ।

शुक्रवार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन अ’स्वस्थ, अपवि’त्र र
अप्रा’कृतिक गठबन्धन रहेको बताउनुभएको हो । उहाँले गठबन्धनले लोकतान्त्रिक मूल्य–मान्यता र दलीय व्यवस्थालाई तोडेको बताउनुभयो ।

गठबन्धनले निर्दलीय अभ्यास र आचरणको वकालत गरेको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अ’स्वस्थ, अ’पवित्र, अप्राकृतिक गठब’न्धन रहेको छ राजनीतिक क्षेत्रमा । त्यस गठबन्धनले लोकतन्त्रको मूल्य–मान्यता तो’डेको छ ।
दलीय प्रणाली, दलीय व्यवस्था, त्यसका सञ्चालन विधि, ती कुरालाई तोडेको छ । र एउ’टा अनुशा’सनहीन, अरा’जक, निर्द’लीय अभ्यास र आचरणको
वकालत गरेको छ । अवलम्बन गरेको छ । यो धेरै ग’म्भीर कुरा हो लोकतान्त्रिक आन्दो’लनका लागि ।

उहाँले नेपालको चुनाव पद्धति अस्थि’रता जन्माउने खालको भएको पनि बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकार माथि विभिन्न खालका षड्यन्त्र
भएको उल्लेख गर्दै सरकार निर्माणताका नै एमालेबाहेकको सरकार बनाउने प्रयास गरिएको पनि स्मरण गर्नुभयो । यो खबर उजयालो अनलाइनबाट साभार गरियको हो ।