Sunday, October 24
Shadow

पार्टीको अध्यक्ष छोड्नुहोस् भन्दा यत्रो अप’राध गर्नेले वैशाखमा चुनाव गराउँछ? : बिडारी

राष्ट्रिय सभाका सदस्यसमेत रहेका अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री ओलीको सं’सद वि’घटन गर्ने कदम सं’विधान विप’रीत भएको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्रीले घो’षणा गरे पनि कुनै पनि हालतमा चुना’व नहुने स्पष्ट पारे।

उनले भने,‘चुनाव एक हुँदैन, दुई हुँदैन, तीन हुँदैन, हुँदै हुँदैन। केका लागि जनादेश चाहियो ? पाँच वर्षका लागि तपाईंलाई चुनेको होइन जनताले ? उहाँले अहिलेको व्यवस्था सिध्याउन यो गर्नु भएको हो। यो अपराध हो। सन्कीको भरमा गरेको काम बदर गर्नुपर्छ।’

उनले प्रधानमन्त्रीको कदम संविधान वि’रू’द्धको काम भएको टिप्पणी गरे। प्रधान’मन्त्रीलाई संसद विघटन गर्ने संविधानमा कुनै विशेषा धिकार नभएको उनले दाबी गरे।
उनले संविधान बनाउँदा मस्यौदा समितिमा आफू पनि सदस्य रहेको उल्लेख गर्दै त्यतिबेला सुवास नेम्वाङले संसद वि’घ’टन गर्न पाउने विशेषाधिकार नराख्ने भनेको पनि स्मरण गराए।

ओलीले १८ औं शताब्दीको कुरा अहिले गरेको पनि उनले आ’रोप लगाए।

उनले भने,‘थोत्रो, पुरानो, रो’गी, ग्र’सित मा’नसि’कताले गरेको काम हो। होइन भने १८ औं शताब्दीमा बेला
यतले प्रयोग गरेको, अहिले बेलायतले छोडेको, संसारका प्रायः सबै देशले यस्तो घ’टाउँदै लगेको र हाम्रो संवि
धानले यस्तो गर्नुहुँदैन भनेर रोकेको विषयलाई यो जुन प्र’कारले गरिएको छ, त्यो संविधान वि रू’द्धमा छ।

अहिले यो प्रति’निधि स’भा नभएपछि संविधानको करिब/करिब ५० प्रतिशत धारा नि’ष्क्रिय हुने रहेछन्। जानी जानी, अन्तबाट ल्याएको मान्छेले त्यस्तो गर्न सक्दैन्। सत्तामै भएको मान्छेलाई, मिलाई मिलाई, यो व्यवस्था विरो’धीले, कुरा सिकाई सिकाई, बडो सुझ बुझसहित योजना बनाएर यो वि’घ’टन गरेपछि, अहिले पचास प्रतिशत धारा नि’ष्क्रिय भए।’

उनले ओलीले चुनाव गर्न यस्तो कदम न’चालेको पनि आरो’प लगाए।

सेतोपाटीबाट साभार