Tuesday, December 7
Shadow

आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल
सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९२
हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो
प्रति तोला १३ सय १५ रुपैयाँ कारोबार भएको थियो।

लामो समयको को’रोना म’हामारी र लकडा’उनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घ’ट्बढ
हुने गरेको छ। बिगुल न्युजबाट साभार गरियको खबर