Tuesday, January 18
Shadow

ओली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि नेपाल समूहले पनि गठन गर्‍यो अखिल फोर्स !

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्ग’ठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अ’खिल फोर्स गठन गरेको छ ।

बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरा’स्ववियुले अखिल फोर्स गठन गरेको हो ।

अनेरा’स्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो ।
‘शैक्षिक मा’फिया र अराज’कता मच्याउनेका वि’रुद्ध परिचालन हुनका लागि अखिल फोर्स गठन गरेका हौं,’ आलमले भने ।

ओ’ली पक्षले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फो’र्स गठन गरिएको नेपाल समूहका अ’रास्ववियु केन्द्रीय अध्यक्ष सुदेश
पराजुलीले बताए । उनले भने, ‘ओली समूहलाई ‘काउन्टर’ दिन अखिल फो’र्स गठन गरेका हौं । अब देशैभर संगठन निर्माण हुन्छ ।’

अखिल फोर्स दे’शभरका क्याम्पस तथा जिल्लाहरु’मा ग’ठन गरिने उनले बताए ।घोषणा कार्यक्रममा नेपाल समूहका शीर्ष नेताहरुको उपस्थिति भने थिएन ।
ओली पक्षको युवा संघले सोमबारमात्रै क्षितिज थेबेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरेको थियो ।