Monday, October 25
Shadow

विभिन्न पदका लागि यति धेरै संख्यामा जागिर खुल्यो ! योग्यता अनुसार अावेदन दिनुस

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले १६४ जनाको आवेदन खुलाएको छ। तल थिच्नुस ।

प्राधिकरणले खाली रहेका विभिन्न पदपूर्ति गर्न आवेदन खुलाएको हो। इच्चुक नेपाली नागरिकले अबको २१ दिनभित्रमा
आफ्नो योग्यता अनुसार आवेदन भर्नुपर्ने छ।

माग गरिएको पदअनुसारकै योग्यता हुनुपर्ने र आवेदन भर्दा आवेदकले प्राधिकरणको वेबसाइटमार्फत अनलाईन आवेदन दिनुपर्ने छ।
आवेदन दिँदा तहअनुसारको फरकफरक दस्तुर तिर्नुपर्ने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

अर्को खबर को’रोना महा’मारीका कारण विश्व अर्थतन्त्रमा नै नरा’म्रो अ’सर परेको छ । जसले गर्दा विश्वभर करोडौँले आफ्नो रोज’गारी गुमाएका छन् ।
यसको अर्थ रोजगार बजारमा काम दिने रोजगारदाताले कामदार खोज्ने क्रम घट्नु र रोजगारीको खो’जीमा जु’ट्नेहरू बढ्नु स्वभाविक नै हुन्छ ।

यसको असर अनलाइन जब प्लेसमेन्ट सेवा प्रदायकहरूको कारोबारमा समेत परेको छ । पछिल्लो समय अनलाइनमार्फत रो’जगारी
खोज्नेहरूको संख्या बढेको मेरो जब डट कमका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीले बताए । उनका अनुसार पहिलेको तुलनामा हाल रोज’गारीमा
आवेदन दिनेको संख्या करिब २५ प्रतिशतले बढेको छ ।

‘पहिले रोजगार’को माग अनुसारको आवेदन आउथ्यो भने आजभोलि मागको तुलनामा आवेदन दिनेहरूको संख्या धेरै बढेको छ,’ उनले भने ,
‘कर्मचारीको मागमा भने केही कमी आएको छ।’

गिरिका अनुसार रोजगार बजारमा गत वर्षको लकडाउनमा करिब ८० प्रतिशत रोकिएको कारोबार यस वर्ष करिब ६० प्रतिशतले ओरालो लागेको छ ।
को’रोना सं’क्रमणलाई रोक्नका लागि सरकारले लक’डाउन गर्दा धेरै उद्योग व्यवसायहरू बन्द भए ।

धेरै जसो कम्पनीहरूले भएका कामदारहरू पनि निकाले । यस्तोमा स्वत: रुपमा कामदारको माग घट्न पुग्यो ।

‘अब अहिले विस्तारै बजार खुल्दै गएको छ र सोही अनुसार कर्मचारीहरूको खोजी पनि भइरहेको छ । यद्यपि आवेदन दिनेहरूको संख्या
भने धेरै छ,’ उनले भने, ‘को’रोनाका कारण धेरैको जागिर गएको छ । विदेशबाट फर्किनेहरू पनि धेरै छन् । जसले गर्दा आवेदनहरू धेरै आइरहेका छन् ।’

उनका अनुसार हाल सूचना प्रविधिको क्षेत्रसँग सम्बन्धित कामहरूको लागि धेरै आह्वान र आवेदनहरू आइरहेका छन् । को’भिडको बीचमा
अनलाइन व्यवसायहरू धेरै खुलेका छन् ।

जसले गर्दा डेलिभरी गर्ने लगायतका कामहरूको माग समेत बढेको हाम्रो जबका संस्थापक प्रवेश वाग्लेले बताए । उनका अनुसार कम्पनी
तथा संस्थाहरूको प्रशासनिक कामको लागि पनि कर्मचारीको माग बढ्न थालेको उनको भनाई छ ।

‘अर्कोतिर फेरी अनलाइन व्यवसाय गरिरहेका धेरै व्यवसायीहरूले घरमै गएर सुविधाहरू दिने हुँदा यसको लागि पनि कर्मचारीको माग बढेको
छ,’ उनले भने ।

यद्यपि पहिलेको तुलनामा भने कर्मचारीको माग घ’टेको र आवेदन दिनेहरूको संख्या बढेको उनको समेत अनुभव छ । को’रोना स’ङ्क्र’मणको
डर तथा अनलाइन प्रणालीको सहजताका कारणले पनि अनलाइनको माध्यमबाट जागिर खोज्नेको संख्या बढ्न थालेको हो । टेकपानाबाट साभार