Saturday, October 23
Shadow

१४ वर्षपछि यो फिल्म मार्फत कमव्याक गर्दै नायिका शिल्पा सेट्टी

एजेन्सी । १४ वर्षपछि बलिउड अभिनेत्री शिल्पा सेट्टीले कमव्याक गर्दैछिन् । भिडियो हेर्नुस ।

उनले हंगामा २ फिल्ममार्फत कमव्याक गर्न लागेकी हुन् । ९० को दशकमा उनी निकै चर्चामा रहेकी थिइन् । हंगामा २ मा सिल्पाको लिड रोल रहेको छ ।

यो फिल्म डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ । शिल्पाले यो फिल्म दर्शकहरुले मन पराइदिने अपेक्षा गरेकी छन् । नेपालीपत्रबाट साभार गरियको

यता अभिनेत्री आलिया भट्ट हलिउड फिल्ड उद्योगमा प्रवेश गर्ने तयारीमा रहेकी छिन् । बलिउडमा पछिल्लो समयकी निकै व्यस्त नायिका
आलियालाई चाँडै नै हलिउडमा पनि देख्न सकिने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचारअनुसार आलियाले हलिउड एजेन्सी कम्पनी डब्लुएमईसँग सम्झौता गरिसकेकी छिन् । आलिया आफैले आफू हलिउडको हिस्सा हुन लागेको
खुसी आफ्ना फ्यानसँग साटेकी छिन् । उनले इस्टागा्राममा डब्लुएमईसँग सम्झौता भएको बताएकी छिन् । यससँगै उनले समर्थकबाट बधाइ पाइरहेकी छिन् ।
साभार लोकान्टर डटकम