Monday, December 6
Shadow

तरकारीको मूल्य दोब्बरले बढ्यो ! एक किलो बन्दाकै १३० अरूको यस्तो

काठमाण्डौ – काठमाण्डौमा तरकारीको मूल्य दोब्बरले बढेको छ । भिडियो हेर्नुस

बजारको आवश्यक्ता अनुसार तरकारी भित्रिरहे पनि भाउ दोब्बरले बढेको हो । बजारमा अहिले सबैजसो तरकारी किलोमा एक सय रुपैयाँभन्दा बढी छ ।
गएको जेठ महिनामा खुद्रामा किलोको ५० देखि ६० रुपैयाँ रहेको बन्दा अहिले १२० देखि १३० रुपैयाँ पुगेको छ ।
सबैभन्दा धेरै अहिले बोडी र सिमीको भाउ बढेको छ ।

काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा यी तरकारीको मूल्य थोक एक सय रुपैयाँको हाराहा’रीमा पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी
बजार विकास समितिका अनुसार आज राज्मा सिमी किलोको ११० देखि १२० रुपैयाँ छ भने घिउसिमी किलोको ८० देखि ९० रुपैयाँ थोक मूल्य
तोकिएको छ । यो भाउ खुद्रा बजारमा अझ दोब्बरले बढी हुन्छ ।

को’रोनाको जोखि’मका कारण अहिले काठमाण्डौ उपत्यकाका प्राय सबै विद्यालय बन्द छन् ।विद्यालयका होस्टेल तथा क्यान्टिन तथा होटल र रेस्टुरेन्ट
पनि प्राय बन्द हुँदा तरकारीको माग त्यति धेरै छैन । बजारमा अहिले दैनिक ६ सयदेखि सात सय मेट्रिक टन तरकारी पनि भित्रिरहेको छ ।
तर, पनि मूल्य भने ब’ढ्दै गएको छ ।

बर्खाको समय भएकाले तरकारीको मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।
वर्षाका कारण तयार हुँदै गरेका तरकारीमा नोक्सानी हुने र उत्पादन भएका तरकारी पनि ढुवानीका क्रममा बि’ग्रने गरेकाले भाउ बढेको उहाँको भनाइ छ ।
तर उपभोक्ताले भने भाउ बढ्नुमा यो मात्र कारण नभएको गु’नासो गरेका छन् ।

प्रभा’वकारी अनुग’मन नहुँदा व्यापारीले आफूखुशी मूल्य राखेर तरकारी बिक्री गर्ने गरेका उपभोक्ताको गु’नासो छ । उज्यालो अनलार्इनबाट साभार