Tuesday, October 26
Shadow

काम छाडेर चा’कडी गर्न नआउनुस्ः अर्थ मन्त्री शर्मा

नवनियुक्त अर्थ मन्त्री जनार्दन शर्माले कर्मचारीहरूलाई काम छाडेर चा’कडी गर्न नआउन आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्रालयमा बुधवार पदभार ग्रहणपछि कर्मचारीहरू सँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थ मन्त्री शर्माले आफू देशका लागि केही गर्ने उद्देश्यका
साथ आएको बताउनुभयो । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिब’द्धता भएको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री र कर्मचारीबीच कुनै दुरी नचाहेको भन्दै उहाँले चा’कडी र चा’कडीको भाषा प्रयोग गरेर उप’स्थित नहुन आग्रह गर्नुभयो । मन्त्रालयमा काम,
सम’स्या र सम’स्या समाधानको मात्र कुरा हुने भएकाले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

गभर्नरको ब्रिफिङ : व्या’पार घाटा घटाउन सबै लागौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढिरहेको व्या’पार घा’टा चुनौ’तीका रूपमा देखिँदै गएको बताउनुभएको छ । नवनियुक्त अर्थ मन्त्रीको स्वागत तथा
पदभार ग्रहण कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले मुद्रा सञ्चितिकाे अवस्था राम्रो भए पनि व्या’पार घा’टा चु’लिँदै गएकोमा चि’न्तित हुनुपर्ने बताउनुभयो ।

देशको विकास निर्माण तथा सेवा क्षेत्रमा ख’र्च गर्न पर्याप्त मौज्दात भए पनि हरेक वर्ष बढ्दै गएको व्या’पार घाटा’ले सम’स्या निम्त्याउने उहाँले बताउनुभयो ।
आउँदाे आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने उहाँकाे भनाइ छ । देशमा निर्माण वा उत्पादन हुन सक्ने सानो भन्दा सानो वस्तु
पनि महँगोमा आयात भइरहेको गर्भनर अधिकारीले बताउनुभयो ।

नवनियुक्त अर्थ मन्त्रीलाई मन्त्रालयमा परिचयात्मक ब्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुङ्गानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको
आर्थिक वृद्धि भेटाउन सकिने बताउनुभयो । व्या’पार घा’टा कम गर्नुपर्ने विचार राख्नुभएका गभर्नर अधिकारीपछि बोल्नु हुँदै सचिव ढुंगानाले को’रोनाका

कारण थ’लि’एको अर्थ’तन्त्र, खु’म्चिएको राजस्व सङ्क’लनका बीच आर्थिक वृ’द्धिदरको लक्ष्य भेटाउन स्राेतकाे दक्षतापूर्ण प्रयोग र सङ्कलन भएको राजस्व
आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उज्यालो अनलार्इनबाट साभार