Saturday, November 27
Shadow

अर्थ मन्त्री बन्ने बित्तिकै जनार्दन शर्माले लिय यस्तो दमदार निर्णय !

३० असार, काठमाडौं । अर्थ मन्त्रालयले को’भिड खो’प किन्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५ अर्ब रुपैयाँ बजेट सहमति दिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेका छन् ।

जसमध्ये एउटा फाइलमा खो’प ख’रिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने थियो । मन्त्रालयका प्रवक्ता महेश आचार्यका अनुसार यसबाहेकअर्थ
मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघी’य, प्रादे’शिक, जि’ल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत
अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।

उनका अनुसार स्वास्थ्यबाट आ’ईसीयू, एचडी’यू तथा भेन्टिले’टर खरीद भई भुक्ता’नीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउनेसम्बन्धी
फाइल समेत सदर भएको छ । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख
रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।

को’भिड सम्बन्धी विभिन्न दायित्व, अस्प’तालको सोधभर्ना र जो’खिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र
स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् । अनलार्इन खबरबाट साभार गरियको