Tuesday, January 18
Shadow

विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नुपर्ने ! तपाँर्इको दर्ता गर्नुपर्छ कि नार्इ यसरी थाहा पाउनुस

काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो साउन १ गते शुक्रवारदेखि अवैध मोबाइल ब’न्द गर्ने भएको छ । कर नतिरी सस्तोमा मोबाइल
पाउँदैमा किन्नुभयो अथवा कतै भेट्टाएर आफैँ प्रयोग गर्न थाल्नुभयो भने त्यो मोबाइल ब’न्द हुने सम्भावना रहन्छ । विदेशबाट उपहार स्वरुप आएका
मोबाइल भने नेपालमा दर्ता गर्नुपर्ने हुन्छ ।भिडियो हेर्नुस।

प्राधिकरणका अनुसार नेपाल भित्रैका आधिकारिक बिक्रे’ताबाट किनेको मोबाइल पहिले नै दर्ता भैसकेको हुन्छ, फेरि द’र्ता गर्नु पर्दैन । तर विदेशबाट ल्याइएका
मोबाइल पहिले नै दर्ता नहुने भएकाले त्यस्ता मोबाइलको भने अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । प्राधिकरणले त’त्कालका लागि अनलाइनबाटै दर्ता गर्न सक्ने
सुविधा दिएको छ । nta. gov.np मा गएर आफूले प्रयोग गरिरहेको सेट दर्ता गर्न सकिन्छ ।

प्राधिकर’णका प्रवक्ता सन्तोष पौडेलले अहिले चलिरहेको मोबाइल फोनलाई निर्बाध चल्न दिने गरी काम भइरहेको जानकारी दिनुभयो । कमसल, गुणस्तर
नभएका र अवैध बाटोबाट आएको अर्थात किनेको मोबाइल नच’लाउन उहाँले आग्रह गर्नुभएको छ । पौडेलका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सि

स्टम अर्थात एमडीएमएस अन्तर्गत हरेक मोबाइल कर्ताले आईएमईआई नम्बर दर्ता गर्नुपर्ने हुन्छ । यस्तो नम्बर हरेक मोबाइलमा छु’ट्टाछुट्टै हुन्छ । यस्तो दर्ता
धेरैको पहिले नै भइसकेको हुन्छ । आफ्नो दर्ता छ की छैन भनेर थाहा पाउनका लागि पहिला आफ्नो आईएमईआई नम्बर कति हो भनेर थाहा पाउनुपर्छ ।

‘मोबाइल किन्दा मोबाइलको कभरमा नम्बर लेखिएको हुन्छ । यदि मोबाइलको कभर छैन भने मोबाइलमा *#06# बाट थाहा पाउन सकिन्छ । नेपाल
दुरसञ्चार प्राधिकरणको वेबसाइटको आईएमईआई रजिष्ट्रेसन भन्ने ठाउँमा गएर मोबाइलमा देखिएको नम्बर इन्ट्री गर्नुपर्छ । त्यहाँबाट आफ्नो मोबाइल दर्ता
भए वा नभएकोबारे हेर्न सकिन्छ । यदि दर्ता गरिएको छैन भने दर्ता गर्नु अनिवार्य हुन्छ’ उहाँले भन्नुभयो ।

नेपालमा अवै’ध रुपमा मोबाइल आयात हुने क्रम बढेपछि त्यसलाई रोक्नका लागि प्राधिकरणले नयाँ नीति ल्याएको हो । यस्तै गुणस्तरयुक्त मोबाइल
नेपाल भित्रियोस् र हराएको मोबाइल खोजी गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले पनि नयाँ नीति ल्याइएको प्राधिकरणले जनाएको छ ।

सिस्टममा सम’स्या आएर दर्ता गर्न पाइएन भनेर धेरैको गुना’सो आएकाले प्राधिकरणले अहिले सञ्चालनमा आएका मोबाइल दर्ता नभए पनि तत्कालको
लागि कुनै स’मस्या हुँदैन भनेर जानकारी गराइसकेको छ । यो सिस्टम राख्नका लागि नयाँ सफ्टवेयरहरु राख्ने काम भइरहेको पौडेलले जानकारी दिनुभयो ।
असार मसान्तसम्म सिस्टम तयार पारेर त्यसपछि दर्ताका लागि निश्चित समय दिने उहाँले बताउनुभयो ।

‘विदेशबाट उपहारमा ल्याइएका मोबाइल पनि दर्ता गर्नुपर्छ’

धेरै नेपालीहरु काम र जागिरको सिलसिलामा विदेशमा छन् । विदेशमा रहेका नेपालीले उपहारस्वरूप नेपालमा मोबाइल ल्याउने चलन ब’ढ्दो छ ।
सीमा क्षेत्रको भारतीय बजारबाट समेत सहजै मोबाइल खरिद गरेर ल्याउने गरिन्छ। त्यसरी उपहारस्वरूप प्राप्त मोबाइल र भारतबाट खरिद गरी
ल्याइएका मोबाइल नेपालमा दर्ता भने गर्नुपर्छ ।

विदेशबाट एक व्यक्तिले आफूले प्रयोग गरेकोबाहेक थप एउटा मात्र मोबाइल भ’न्सार नति’री ल्याउन सक्ने सुविधा रहेकाले त्यसभन्दा बढी मोबाइल
साथमा ल्याएमा भने भन्सार तिर्नुप’र्ने अवस्था आउन सक्छ । त्यस्तै भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्या’मा मोबाइल खरिद बिक्री हुने भएकाले
त्यस्तो अवस्थामा पनि भन्सारकै कानुन लागू हुने पौडेलले बताउनुभयो । उज्यालो नेटवर्कबाट साभार गरियको