Friday, November 26
Shadow

राष्ट्रपति भेट्न शितल निवास पुगे प्रधानमन्त्री ओली ! अब के होला त?

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् ।

माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।

सोमबार सर्वोच्च अदा’लतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियु’क्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली
प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजी’नामा बुझाउने सम्भावना समेत रहेको छ । रातोपाटीबाट साभार गरियको खबर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वि’पक्षी गठबन्ध’नबाट अलग हुने संकेत गरेका छन् ।

सर्वोच्च अदा’लतले संसद पु’नर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमा’देश दिने फै’सला सुनाएपछि बसेको वि’पक्षी गठ’बन्धनको
बैठकमा नेता नेपालले आफ्नो परिस्थि’ति भिन्न रहेको बताएका हुन् ।

कोटेश्वरमा आफ्नो निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा एमाले नेता नेपालले पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै
उनले भने, ‘कार्यदल स्तरमा एउटा सहमति पनि भएको छ। अब त्यसलाई उहाँहरुले कुन ढं’गले लागू गर्न हुन्छ हेर्नुपर्छ ।’

उनको आशय पार्टी एकता भएको अवस्थामा गठब’न्धनमा नरहने भएको एक नेताले बताएका छन् । यद्यपि नेता नेपालले धेरै
खुलेर नबोलेको उनले सुनाए । अनलार्इन खबर बाट साभार गरियको