Tuesday, October 26
Shadow

के अब प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले राजिनामा देलान् ?

पाँच पूर्व प्रधानमन्त्री एकातिर, केपी ओली एकतिर भन्दै केही समय अघि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सामाजिक

सञ्जालमा लेखेका थिए । उनीहरुको मान्यता केपी ओली जस्ता महान नेतालाई असफल पार्न पाँच पूर्व प्रधानमन्त्री, पाँच पूर्वन्यायाधीश, पाँच राजनैतिक दल
लागेपनि ओली नै बलियो देखिएको भन्ने थियो । सर्बोच्च अदा’लतको पछिल्लो आदेशपछि प्रधानमन्त्री तथा राष्ट्रपतिले राजिनामा दिनुपर्ने माग अघि सरेको छ ।

यस्तो माग राख्नेमा डा. बाबुराम भट्टराई पनि एक हुन् । उनले ओलीको कार्य शैलीको खरो आलोचना गर्दै सामाजिक सञ्जालमा लेख्ने गर्छन् । सर्बो’च्चको फैस
लापछि उनले ट्वीटरमा लेखेका छन्, खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक प्रतिगमनकारी हर्कतलाई सर्वो’च्च अ’दालतले पुनः एकपटक रोकेकोमा अदा’लतलाई
र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ, धन्यवाद । अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन । संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ। प्रति’गमनकारीलाई द’ण्डित गरौं ।

उनको आसय राष्ट्रपति र प्रधानमन्त्रीलाई कारवा’ही गर्ने भन्ने हो । सर्वोच्चको फै’सला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद
दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् । साभार गरियको खबर