Tuesday, October 26
Shadow

साउनको दुई गतेपछि पुनः नि’षेधाज्ञा !

काठमाडौं । आउने साउन दुई गतेदेखि पुनः निषे’धाज्ञा हुन्छ ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। हेर्नुस भिडियो ।

सर्वसाधारण जम्मा भएको ठाउँमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।

को’रोना रो’कथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई को’रोना नियन्त्रणको जिम्मेवारी दिएको छ। काठमाडौं उपत्यकाका
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’षेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र ‘नि’षेधाज्ञा हुँदै खुल्ने क्रममा छ।

शनिबार पनि बैंकहरु खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि नि’षेधाज्ञा खुलेको आ’रोपलाई अझ मजबुद् बनाएको छ। सार्वजनिक स्थान र
यातायातमा हुने छलफलका बारेमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला को’रोनाको सं’क्रमणदर बढेपछि नि’षेधाज्ञामा
जान सकिने तर्फ संकेत गर्छन्।

डिसी नेपालसँगको कुराकानीमा प्रजिअ निरौलाले भने, ‘को’रोना सं’क्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस
विषयमा छलफल गरेको छैन। हामी असारको ३०/३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’

साउनपछि निषे’धाज्ञा भएपछि कर उठाउनकै लागि खोलिएको भन्ने संजोगमात्र हुने उनको भनाइ छ। उनले भने, ‘रोग बढेपछि नि’षेधाज्ञाको विकल्प हुँदैन।
तर, असारमा कर उठाउनकै लागि मात्र खोलिएको भन्ने गलत हो। को’रोना सं’क्रमणदर घटेका कारण हामीले खोलेका थियौं। बढेपछि बन्द गर्नुपर्ने हुनसक्छ।
यदि यस्तो भयो भने त्यो संजोगमात्र हुन्छ।’

को’रोनाको पछिल्लो स्थिति के छ ?

पछिल्लो समय नेपालमा को’रोनाको सं’क्रणदर बढ्दो क्रममा छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार दुई हजार १ सय बढी सं’क्रमित
थपिएका छन्। मन्त्रालयले सर्वाजनिक गरेको रिपोर्टमा १ हजार ३ सय ५३ जना पीसीआर परी’क्षणबाट पोजेटिभ देखिएका थिए भने ८ सय १६ जना
एन्टिजेन परीक्षणबाट सं’क्रमित थपिएका हुन्।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ९ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालया अनुसार प्रदेश १ का मोरङ,
झापा र सुनसरी, वाग्मती प्रदेशका काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र मकवानपुर र गण्डकी प्रदेशको कास्कीमा ५ सय बढी सक्रिय सं’क्रमित रहेका छन्।

मन्त्रालयका अनुसार २५ जिल्लामा २ सयदेखि ४सय ९९ सम्म को’रोनाका सक्रिय सं’क्रमित रहेका छन् भने अन्य जिल्लाहरुमा १ देखि १
सय ९९ जनासम्म सक्रिय सं’क्रमित रहेका छन्। हालसम्म शून्य सं’क्रमित कुनै पनि जिल्लामा देखिएको छैन।

काठमाडौंमा जम्मा ५ हजार ३ सय ३५ जना सक्रिय सं’क्रमित रहेका छन्। यस्तै भक्तपुरमा १ हजार २४ र ललितपुरमा १ हजार २ सय २३ जना सक्रिय
सं’क्रमित रहेका छन्। गत २४ घण्टामा काठमाडौंमा ३ सय ३ जना, भक्तपुरमा ५१ जना र ललितपुरमा ६० जना को’रोनाका सं’क्रमितहरु थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै पनि को’रोनाको म’हामारी कम नभएको भन्दै सजग रहन अनुरोध गरेको छ। मन्त्रालयका सह–प्रवक्ता डा.
समीर कुमार अधिकारीले सामाजिक सञ्जालमा भिडियो राख्दै सुरक्षित रहन आग्रह गरेका छन्।

निषे’धाज्ञापछि अफिस खुलेकाले अफिसजाँदा र घर जाँदा अपनाउनु पर्ने सतर्कता भिडियोबाट जानकारी गराइएको छ। स्वास्थ्यका मापद’ण्ड
सधै अपनाउन् पनि मन्त्रालयले अनुरोध गरेको छ। dc nepal बाट साभार गरियको खबर