Tuesday, October 26
Shadow

ट्वाइलेट बसिरहेको बेला प’हिरोमा पुरिएकी १५ बर्षीया सञ्जिताको उपचारको क्रममा मृ’त्यु

काठमाडौं । पहिरोमा पुरि’एको अवस्थामा उ’द्धार गरिएकी बालिकाको उप’चारको क्रममा शुक्रबार नि’धन भएको छ ।

पाँचथरको फिदिम–१, की १५ बर्षीया सञ्जिता साम्पाङ राईको झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्प’तालमा उप’चारको क्रममा नि’धन भएको हो ।

उनलाई बुधबार राती साँढे नौ बजे तिर ट्वाइलेट बसेको बेला ट्वाइलेट सँगै प’हिरोले पुरेको थियो ।
उनी दाजु सगुन राईसँग फिदिम–१, स्थित कमल घिमिरेको घरमा डेरा बस्दै आएकी थिइन् ।

उनलाई ट्वाइलेट बसिरहेको अवस्थामा डिविजन वन कार्यालयको पर्खाल भ’त्केर आएको पहि’रोले पु’रेको थियो । करीब आधा
घन्टापछि उनलाई प्र’हरी र स्थानीयले अचे’त अवस्थामा उ’द्धार गरेका थिए

उनलाई फिदिमको समर्पित अस्प’तालमा प्राथमिक उ’पचारपछि झापा लगिएको थियो । उनको शुक्रबार उ’पचारकै
क्रममा मृ’त्यु भएको हो । घरधनी घिमिरेका अनुसार उनको पुख्र्यौली घर भोजपुर हो ।

बाबुको सानैमा मृ’त्यु’ भएको र आमा विदेशमा रहेकाले सञ्जिता र उनका दाजु करीब दश बर्षदेखि आफ्नो घरमा डेरा बस्दै
आएका थिए । मृ’तक सञ्जिता फिदिमकै नयाँ नमूना माविमा ८ कक्षामा अध्ययनरत थिइन् ।

नुवाकोट एकस्प्रेसबाट साभार गरियको खबर