Sunday, November 28
Shadow

‘ओलीलाई आजीवन प्रधानमन्त्री र अध्यक्ष बनाइदिऔं !’ रामकुमारी झाँक्रीको व्यंग्य

नेकपा एमालेमा १० सदस्यीय कार्यदलको वार्ता चलिरहेको छ । पार्टी एकता हुनै लागेको चर्चा छ ।
आजै यसबारे टुंगो लाग्ने नेताहरुले बताइरहेका छन् । तर, युवा नेतृ रामकुमारी झाँक्रीको भने अर्कै लाइन देखिएको छ । भिडियो ।

पहिलो, नेकपा एमालेमा एकता होला कि नहोला भन्ने प्रश्नमा झाँक्री भन्छिन्, ‘कमरेड केपी ओलीले नचाहँदा सम्म एकता हुँदैन, यो ध्रुवसत्य र दिनको घाम
जत्तिकै सत्य कुरा हो । तर, उहाँले गरेका राजनीतिक अपराध, सामाजिक अपरा’धप्रति जवा’फदेही हुनु नपर्ने र यस कामका लागि उहाँमाथि अर्को गजुर
लगाइदिने अवस्था नआएसम्म ओली कमरेडले एकताको चाहना राख्नुहुन्न ।’भिडियो ।

दोस्रो– कार्यदलले गरिरहेको प्रयासबारे के भन्नुहुन्छ भन्ने प्रश्नमा उनी अहिले कार्यदलले गरिरहेको काम अपारदर्शी एवं कार्यकर्तामा भ्र’म फैलाउने खालको भएको
बताँछिन् । उनी भन्छिन्, ‘कार्यदल बसेर देशभरिको हाम्रो पार्टीका सदस्यहरुको पंक्तिलाई दिग्भ्र’मित बनाउने, निराश बनाउने, आफ्नो काममा जान नसक्ने
बनाउने काम कार्यदलमा रहेका साथीहरुको अभिव्यक्तिले गरिरहेको छ ।’

र, तेस्रो– केपी ओलीले गरेका सबै कामहरुलाई सदर गर्दै यथास्थितिमा कार्यदलले वार्ता गरेका भरमा पार्टी एकता नहुने झाँक्रीको लाइन छ ।
उननी भन्छिन्, ‘यो केपी ओली र माधव नेपालको लडा’इँ मात्रै होइन । यो विचारको ल’डाइँ हो, मूल्यको ल’डाइँ हो ।

यो प्रणालीको हो, राजनीतिक संस्कृतिको हो । यो वडा तहसम्म पुगिसकेको छ । यथास्थितिमा पार्टी एकता हुँदैन । कमरेड केपी ओलीलाई
बाँकी कार्यकाल प्रधानमन्त्री र चुनौतीरहित पार्टी अध्यक्षका रुपमा स्वीकारेर पार्टी एकता हुन सक्दैन ।’

झाँक्री व्यंग्य गर्दै भन्छिन्, ‘कि त उहाँ (ओली) लाई कहिल्यै महाधिवेशन नगर्ने गरी आजीवन पार्टी अध्यक्ष घोषणा गर्नुप-यो ।
…उहाँलाई प्रधानमन्त्री बनाउनुप-यो, ता कि उहाँले बाँचुञ्जेल निर्वाचन नगरे पनि हुन्छ ।’

प्रधानमन्त्री ओलीले पार्टी र देशप्रति ग’म्भीर अ’पराध गरेको हुनाले उनलाई त्यसप्रति जिम्मेवार बनाउनुपर्ने झाँक्रीको माग छ ।

प्रस्तुत छ, एमाले केन्द्रीय सदस्य झाँक्रीसँग रातोपाटीका लागि कुबेर पाठकले गरेको भिडियोवार्ताको सम्पादित अंश– यहाँ थिच्नुस ।

भिडियो