Monday, December 6
Shadow

कोरोनाको कारण मृ’त्यु भएका परिवारलाई राहत स्वरुप यति रकम दिने !

को’भिडका कारण मृ’त्यु भएका परिवारलाई इलामको देउमाई नगरपालिकाले राह’तस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा नगरवासीको मृ’त्यु भए सो रकम दिने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपा’ङ्ता मैत्री
घोषणा गरेर अपा’ङ्ता भएका पहेँलो कार्ड भएका व्यक्तिलाई मासिक रु ५०० दिने निर्णय गरेको छ ।
सो नगरपालिकाले एकल पुरु’षलाई समेत भत्ता दिँदै आएको छ ।

साथै ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ ।
यौ’निक अल्पसङ्ख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अन्य स्थानीय तह भन्दा फरक कार्यक्रमका रुपमा सुरुबाट नै यस नगरपालिकाले नगरपालिका भित्र बसोबास गर्ने नगरवासीले बच्चा
जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै मृ’त्यु हुँदा दा’हसं’स्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ ।

जन्म र मृ’ त्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ । सो कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका
प्रमुख कार्यकारी अ’धिकृत प्रेमप्रसाद दाहालले बताए ।

शिक्षा, सडक मर्मत तथा निर्माण, विजुलीवत्ती, खानेपानी, कृषि तथा पशु लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको
नगरपालिकाका सूचना अधिकारी गोविन्द प्रसाद बास्तोला (गोपाल) ले बताए । रातोपाटीबाट साभार गरियको खबर