Monday, October 25
Shadow

को’रोनाले उजाडदै परिवार ! श्रीमान्-श्रीमतीको एकै दिन मृ’त्यु, परिवारमा पनि देखियो स’ङ्क्रमण

को’रोना स’ङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृ’त्यु भएको छ।

माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृ’त्यु भएको हो।

श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे नि’धन भएको हो। लावती परिवारका सात जनामा को’रोना स’ङ्क्रमण पुष्टि भएकामा दुई जनाको निध’न भएको हो। एकै परिवारका दुईको नि’धन भएसँगै गाउँमा निकै त्रा’स फैलिएको छ। स्थानीय रेडियो माङ्सेबुङका स्टेशन मेनेजर रहेका छोरा सुमन लावतीसमेत भाइरस सङ्क्रमणका कारण होम आइ’सोलेसनमा छन्।

छ दिनअघि उनीहरुलाई स’ङ्क्रमण पुष्टि भएको थियो। स’ङ्क्रमित सबै होमआ’इसोलेसनमा थिए। मृ’तक दम्पतीका दुई छोरा, एक बुहारी र दुई
नाति को’रोना स’ङ्क्रमित रहेको बताइएको छ। स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ।

इलाममा बिहीबार थप २२ जनामा को’रोना स’ङ्क्रमण देखिएको छ। यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ। स’ङ्क्रमित
मध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो। जिल्लाभर ३७१ स’ङ्क्रमित
उप’चाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

दश स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा ६७५ स’ङ्क्रमित छन् भने सबैभन्दा कम फाकफोकथुम गाउँपालिकामा ५५ जना
मात्र स’ङ्क्रमित रहेका छन्। हाल गाउँगाउँमा स’ङ्क्रमण बढ्दै गएपछि जिल्लावासी त्र’सित बन्दै गएका छन्। सवारी सञ्चालन र लक’डाउन खुकुलो
भएसँगै आवतजावत वृद्धि भएपछि स’ङ्क्रमण बढ्न थालेको हो। रासस / साभार पहिलो पोस्ट डटकम