Monday, December 6
Shadow

१ घण्टाको बाटो २० मिनेटमा छोटियो, यस्तो छ कारण !

म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि
यात्रा अवधि छोटिएको हो । कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताउनुभयो ।

‘पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो’, उहाँले भन्नुभयो, ‘पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।’

पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा-६ पाखापानीका
वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो । कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ ।

सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ । पुल निर्माणका लागि हिमशिखर/जयलक्ष्मी जेभीले विसं २०७६
फागुन ९ गते दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो ।

वि.स २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज
पौडेलले बताउनुभयो । निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले को’रोनाको जो’खिम, नि’षेधाज्ञा र बा’ढी प’हिरोको अस’हज अवस्थामा पनि लक्ष्यअघिनै
पुल निर्माण गर्न सफल भएको बताउनुभयो । स्वास्थ्य सु’रक्षा सत’ता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई
निषे’धाज्ञामा निरन्तरता दिएको उहाँले बताउनुभयो ।

धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ ।
यो म्याग्दीको दोस्रो लामो पुल हो । यसअघि रघुगङ्गा-१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो

यसैबीच जिल्लाको मङ्गलागाउँपालिका-२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० मिटर लामो पुल
निर्माणका लागि हिमशिखर-रामकृष्ण जेभीले रु २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो । -रासस प्रतिकात्मक तस्बिर