Tuesday, January 18
Shadow

नायिका जेनी कुँवरले गरिन् आ’त्मह’त्या !

डि’प्रेसनको सिकार रहेकी नायिका जेनी कुँवर मृ’तावस्थामा फेला परेकी छिन् ।

काठमाडौंको थापागाउँस्थित अपार्टमेन्टमा उनी मृ’तावस्थामा फे ला परेको प्र’हरीले जनाएको छ ।

उनको कोठाबाट सुसा’इड नोट फेला परेको छ भने आफू डि’प्रेसनको सिकार रहेको त्यसमा उल्लेख गरेको प्र’हरीले जनाएको छ ।

प्रारम्भिक अनुस’न्धानमा उनको आ’त्मह’त्या डि’प्रेसनको कारण भएको पाइएको महानगरीय प्र’हरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर
न्यौपानेले जानकारी दिए ।‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । साभार लोकान्तर डटकम

अर्को खबर एजेन्सी। जुलाई ७ मा निधन भएका बलिउड अभिनेता दिलीप कुमारको अन्तिम संस्कारमा चस्मा लगाएर
पुगेका अभिनेता शाहरुख खान ट्रोलको शिकार भएका छन्।

शाहरुखको हाल सामाजिक सञ्जालमा एक तस्बीर सार्वजनिक भएको छ।

जसमा चस्मा लगाएका शाहरुखले दिलीप पत्नी सायरालाई सम्हालिरहेको देख्न सकिन्छ। यसबाट निराश प्रयोगकर्ताहरुले उनलाई
अन्तिम संस्कार गएको हो वा डन ३ को शुटिंगमा भन्दै मजाक उडाएका हुन्। देखापढीबाट साभार गरियको खबर

अर्को खबर नेपालकै काठमाडौँ – चर्चित अभिनेत्री रक्षा श्रेष्ठ गुरुङले आफू आमा बनिसकेको खुलासा गरेकी हुन्। प्राय आफ्नो निजी जीवनलाई गो
प्य अने राख्न रुचाउने रक्षाले बुधबार मात्र आफू आमा बनेको सार्वजनिक गरेकी हुन्।

बुधबार रक्षाको जन्मदिन पनि रहेको छ। यसै अवसरमा उनले दुई महिना अगाडी जन्मिएकी छोरीको तस्विर समेत सार्वजनिक गरेकी छन्। विभिन्न
मिडियामा आफूले छोरा जनामएको खबर आएपछि वास्तविकता सार्वजनिक गरेको रक्षाको भनाई छ।

रक्षाका अनुसार वैशाख २३ गते नै उनले छोरीलाई जन्म दिएकी हुन्। छोरी जन्माएको विषयलाई दुई महिना सम्म गोप्य राखेकी उनले छोरीको नाम पनि
सार्वजनिक गरेकी छन्। रक्षाका अनुसार उनकी छोरीको नाम माहिरा गुरुङ रहेको छ। रक्षाले सामाजिक संजालमा लेखेकी छन्,”मेरो छोरी दुई महिना पुगेकी छन् ।”

चर्चित हाँस्य टेलिसिरियल ‘भद्रगोल’बाट चर्चामा आएकी रक्षा ‘सक्किगो नि’मा देखिँदै आएकी थिइन्। गर्भवती भएपश्चात भने उनले कलाकारिताबाट विश्राम
लिएकी थिइन्। रक्षाले चलचित्रका साथै म्युजिक भिडियोहरुमा पनि काम गरेकी छन्। साथै धेरै विज्ञापनहरुमा पनि उनी देखा परिसकेकी छन्।

तस्विर: सामाजिक संजाल साभार बिगुल न्युजबाट साभार