Monday, October 25
Shadow

सुन किन्न् चाहनेहरूको लागी अत्यन्तै खुशीको खबर, सुन डेढ महिना यताकै सस्तो ! कति पुग्यो जान्नुस

काठमाडौँ – हप्ताको पहिलो दिन नै आज सुनको मूल्य घटेको छ। बिहिबारको तुलनामा शुक्रबार केहि बढेको सुनको मूल्य आइतबार घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैंयाले घटेको छ।

आइतबारको गिरावटसँगै नेपाली बजारमा छापावाला सुनको मूल्य ९१ हजार ८ सय कायम भएको छ। यस अगाडी शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार ५ सय थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ७ सयले घटेको छ। जससँगै तेजाबी सुनको मूल्य नेपाली बजारमा ९१ हजार ३ सय कायम भएको छ। यस अगाडी शुक्रबार तेजाबी सुनको मूल्य ९२ हजार थियो।

आइतबार कायम भएको सुनको मूल्य ४६ दिन यताकै कम रहेको छ। मङ्सिर १७ गते प्रतितोला ९१ हजारमा कारोबार भएपश्चात सुनको आज जति सस्तो कुनै पनि दिन भएको थिएन।

चाँदीको मूल्य

सुनको मात्र नभई आज चाँदीको मूल्य पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३० रुपैंयाले घटेको छ। जससँगै चाँदीको मूल्य १ हजार २ सय ३० कायम भएको छ।

माथिको समाचार बिगुल न्युजबाट साभार गरियको हो ।