Monday, January 17
Shadow

तिमी नहुँदा घर, घर जस्तो छैन, जहाँ भए पनि एक पटक सम्पर्कमा आइदेऊ !’ ६ वर्षदेखि बाटो कुर्दै छन् ३ छोरा र श्रीमान्

सिन्धुपाल्चोक – ‘मेरो श्रीमतीलाई तपाईँ देख्नुभयो कि ?’ साँगाचोकगढी नगरपालिका ४ का ४२ वर्षीय गोविन्द श्रेष्ठ विदेशबाट फर्कने जो
कोहीलाई पनि यही प्रश्न सोध्नुहुन्छ । तर जवाफ आजसम्म कतैबाट पनि भेट्नुभएको छैन ।

विदेश जाने हर कोहीलाई सोध्नुको अर्को कारण पनि छ । गोविन्दलाई श्रीमती रोजगारीका लागि कुन चाहिँ देश गइन भन्नेसमेत जानकारी छैन ।
किनकि उहाँकी श्रीमती रीना घर सल्लाहमा विदेश जानुभएकाे हैन । कहाँ छु भनेर वास्तविक कुरा रीनाले पनि बताउनुभएन ।

६ वर्षअघि बेली श्रेष्ठ बालबच्चा श्रीमानको साथमा छाडे’र काठमाण्डौ हिँड्नुभएको थियो । तर ६ वर्ष बित्दा पनि कुनै खबर आएको छैन ।

२०७२ साल पुसमा बेली काठमाण्डौ जान्छु भनेर घरबाट हिँड्नुभएको थियो । बेली घर छाडेर हिँड्दा चार जना बालबच्चा सानै थिए । काठमाण्डौ
हिँड्नुभएकी बेली कुवेत पुगिछन् भन्ने हल्ला पनि श्रीमान् गोविन्दले निकै पछि मात्र थाहा पाउनुभयो ।

‘मलाई त काठमाण्डौ गएर आउँछु भनेको थ्यो, पछि मात्रै मान्छेहरूले तिम्रो श्रीमतीलाई त द’लालले कुवेत पुर्‍याइसक्यो भनेर हल्ला गर्‍यो,’ गोविन्द भन्नुहुन्छ ।

२०७२ सालको भूक’म्पले घर ढा’लेको थियो । मुन्टो लु’काउने घर पनि ढ’लेका बेला परिवारमा बिहान बेलुकाको छाँ’ट टार्न धौ धौ थियो ।
गाउँका दुई जना अरू साथीसँग मिलेर विदेश गएको भन्ने हल्ला सुनेपछि गोविन्द निराश हुनुभयो । तर विकल्प कुनै थिएन ।
उहाँ बालबच्चा स्या’र्हानतिर लाग्नुभयो ।

तीन छोरा अलिक ठुला भए पनि बेलीका कान्छो छोरा त दुई वर्षका मात्र थिए उनी विदेश जाँदा ।कमाउन गएको मानिस एक
दुई वर्षमा फर्केलिन् भन्ने उनको आ’स थियो ।

‘सानो बाबु त दूध खाइरहेका थियो, आमा खोजेर दिन रा’त रो’यो, कति फकाए, कति सँगसँगै रो’ए नि, यो द’लालले मेरो
परिवारको बि’जोग नै पार्‍यो हजुर,’ गोविन्द गुना’सो गर्नुहुन्छ ।

बेली हिँडेको तीन महिनापछि रातको दुई बजे गोविन्दको मोबाइलमा फोन आयो ।
गोविन्दले उठाए । फोन गर्ने बेली रहिछन् । धेरै कुरा बोल्नुभएन । बस बालबच्चाको हेर’चाह गर्नु भनेर फोन राखेको गोविन्द बताउनुहुन्छ ।

गएको दुई वर्षमा तीन पटक बेलीको फोन आयो । केही रकम पनि पठाउनुभयो । तर त्यसपछि भने बेली सम्पर्क वि’हीन हुनुभयो ।
चार वर्ष भयो कुनै फोन समेत आएको छैन ।

अहिले जेठो छोरा १६ वर्षका, माईला छोरा जुम्ल्याहा १३ र कान्छो छोरा ८ वर्षको भइसकेका छन् । आमाको अभा’वमा उनीहरू बिच’ल्लीमा छन् । उचित
स्याहा’र पाएका छैनन् । तीन छोराहरू चौतारामै होटलमा भाडा मा’झेर पेट पाल्छन् । कान्छो छोरालाई आफन्तले पढाइरहेका छन् ।
गोविन्द पनि श्रीमतीकै पिरले जाँ’डरक्सी’को न’सामा डुब्न थालेका छन् ।

छोराहरू आमा आए, स्कुल जान पाइन्थ्यो कि भन्ने आसमा छन् । गोविन्द भन्नुहुन्छ,‘बेली तिमी नहुँदा घर, घर जस्तो छैन,
जहाँ भए पनि एक पटक सम्पर्कमा आइदेऊ ।’

बेलीलाई कसैले देखेको या भेटेको भए ९८०८३२९७४३ नम्बरमा फोन गरेर खबर गर्न गोविन्दले आग्रह गरेका छन् ।

(लेखक निर्मला श्रेष्ठ आप्रवासी स्रोत केन्द्र सिन्धुपाल्चोकमा परामर्शकर्ता हुनुहुन्छ ।) यो खबर उज्यालो अनलाइन बाट साभार गरियको हो ।