Tuesday, October 26
Shadow

रेल थ’न्किय पछी रेल हिडने बाटो बन्यो जनावर बा’ध्ने ठाउँ

काठमाडौं। धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेट त्यसै थन्क्या’एर राखिएपछि नेपालीहरुमा ‘निराशा छ ।

जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट सरकारले कहिले चलाउँछ भन्ने अ’न्योल छ ।

रेलवेको जनकपुर प्लेटफर्ममा रहेको कार्यालय अचेल सुनसान देखिन्छ । रेल कहिले सञ्चालनमा आउने ? यसको जवाफ जनकपुरस्थित कार्यालयका कर्मचारीसँग
पनि छैन ।‘सबैतिरबाट हामीलाई सोधिन्छ, रेल कहिले गुड्छ भनेर ?’ एक कर्मचारीले भने, ‘यसको जवाफ हामीसँग छैन,
यति उति दिनमा चल्छ भनेर अनुमान गर्न पनि गा’ह्रो छ ।’

रेलवेको जनकपुर स्थित कार्यालयका इन्जिनियर विनोद ओझाका अनुसार रेल सञ्चालनको तयारीमा रहे पनि केही प्राविधिक प्रक्रिया
नटुंग्याएकाले ढिलाइ भएको हो । ‘रेल चल्ने विषयमा रेलवे कम्पनीलाई नै सोध्नुस्,’ उनले भने ।

भारत सरकारले जयनगर–जनकपुर र कुर्था खण्डको ३५ किलोमिटरमा रेलको ब्रोडगेज लिं’क, प्लेटफर्म र स्टेसनको निर्माण सकेको दुई वर्षभन्दा बढी भयो ।
सरकारले आफ्नै लगानीमा दुई सेट रेल खरिद गरेपछि यो रुटमा रेल नियमित सञ्चालन हुनेमा सबै ढुक्क थिए ।

रेल कहिले चल्छ एकि’न नभए पछि गाउलेहरुले ज’नावर बा’ध्ने ठाउँ बनाएका छन् । साभार गरियको खबर