Monday, December 6
Shadow

चितवनको यस ठाउँमा क’र्फ्यू आदेश जारी ! कारण यस्तो

चितवनमा सुजिता भण्डारीको मृ’ त्युको विषयलाई लिएर स्थानीयले गरेको आ’न्दोलन मत्थर पार्न जिल्ला प्रशासनले क’र्फ्यू आदेश जारी गरेको छ ।

मृ’तक भण्डारीको घर नजिकैको पूर्वपश्चिम राजमार्ग खण्डमा क’र्फ्यू लगाइएको हो ।जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम
राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटर भित्र पर्ने सबै क्षेत्रमा क’र्फ्यू लगाइएको उल्लेख छ ।आदेशअनुसार आज २२ गते साँझ ७ः३० बजेदेखि २३ गत बेलुकी ७ः३० बजेसम्म क’र्फ्यू जारी रहने छ ।

क’र्फ्यूका क्रममा लामोदुरीका सवारीसाधन सञ्चालनबाहेक कुनै पनि व्यक्तिले आवा’तजावत गर्न, भेला हुन र स्थानीय प्रशासनको स्वीकृतिबेगर
बाहिर निस्किन नपाउने प्रमुख जिल्ला अधिकारीको आदेशमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आदे’शको अवज्ञा गरे गराएमा तत्कालै गिर’फ्तारी गरेर १ महिनासम्म कै’द वा ज’रिवाना वा
दुबै स’जाय हुनसक्ने गरी सूचना जारी गरेका छन् ।

गत असार ११ गतेदेखि वेप’त्ता सुजिताको श’व २० गते घर नजिकैको सामुदायिक वनमा फे’ला परेको थियो । उनको श’वलाई पो’ष्टमा’र्टमका
लागि लिएर आउने क्रममा स्थानीयले राप्ती–३ झुरझुरेमा करिब ८ घण्टा सडक अव’रुद्ध गरेका थिए ।

घ’टनाको नि’ष्पक्ष छानविन हुनुपर्ने, दोषिलाई क’डा कार’वाही हुनुपर्ने मागसहित आज दिउँसो ३ बजेदेखि राजमार्गमै बसेर स्थानीय र
अधिकारकर्मीले नाराबाजी गरेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झड’प हुँदा ७ प्रह’री घाई’ते भएका छन् । यो खबर नेपालप्रेसबाट लिइयको हो ।