Saturday, November 27
Shadow

छोरीले मलाई बचाउनु भनेकी थिई, ‘बचाउन सकिएन’

यसपालि असारको सुरूआत नै वर्षाबाट भयो। लगत्तै किसानहरूमा धान रोप्ने माचो सुरू भयो। राप्ती-३ स्थित सुजिता भण्डारीको परिवारले पनि असार १२ गतेका लागि रोपाइँको तयारी गरेको थियो।

यो परिवारको घरदेखि करिब एक किलोमिटर पर चार कठ्ठा खेत छ। नजिकैको थप पाँच कठ्ठा खेत पनि उनीहरूले अधियाँमा कमाएका छन्।
त्यहाँ जोत्नका लागि स्थानीय राजु सेढाईंको ट्याक्टर र अन्य खेतालाको चाँजो पनि मिल्यो।

११ गते नै ट्याक्टर खाली बस्ने भएपछि रोपाइँ एक दिनअघि नै हुनेभयो। बिहानीको समयमा रोपाइँ गर्ने तय भएपछि भण्डारी परिवार
तयारीमा थियो। सुजिता भने त्यो दिन सबेरै जितपुरस्थित साथीले तरकारी लिन बोलाएको भनेर घरबाट निस्किइन्।

सुजिताको घर पूर्व-पश्चिम राजमार्गको गड्यौलीबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्छ। जितपुर पनि सुजिताको घरभन्दा पनि दक्षिणतर्फ।सुजिता घरबाट
निस्किएको केही समयपछि उनको परिवार भने रोपाइँमा व्यस्त भयो। जब रोपाइँ सकेर उनीहरू घर फर्किए, परिवारकी साइँली छोरी कविताले
मोबाइलमा बहिनीको ‘मिस्ड कल’ देखिन्। लगत्तै कविताले सुजितालाई फोन गरिन्।

कविताका अनुसार सुजिताले उनलाई आफू अपहर’णमा परेको जानकारी दिँदै बचाउन आग्रह गरेकी थिइन्। सुजिताले स्थानीय राजु
सेढाईंको नाम पनि लिएर आफू अ’पहरणमा परेको जानकारी उनलाई गराइहाल्न भनेकी थिइन्।

सुजिताको घरबाट करिब ५० मिटर पर कृष्णप्रसाद गैरेको घर छ। गैरे घर नजिकैको खेतमा आली बनाउँदै थिए।

‘कविता एक्कासि रुँदै-चिच्याउँदै बाहिर निस्की। ऊ बहिनी अप’हरणमा परी,अब के गर्ने, कसो गर्ने भन्दै थिई,’ कृष्णप्रसादले सुनाए,
‘त्यसरी कराउँदै आएपछि नजिक आएर कुरा बुझ्दा सुजिताले आफू अप’हर’णमा परेको, अप’हरण गर्नेले कुन ठाउँमा राखेका छन् थाहा
नभएको जानकारी गराएको कविताले बताइन् । साभार गरियको खबर