Sunday, October 24
Shadow

कक्षा १२ को परीक्षालार्इ लियर राष्ट्रिय परीक्षा बोर्डले गर्यो यस्तो तयारी !

काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले को’रोना म’हामारीका कारण स्थगित भएको कक्षा १२ को वार्षिक परीक्षा भौतिकरूपमा नै लिने तयारी गरेको छ ।

माध्यमिक शिक्षाको अन्तिम परीक्षा भएकाले सकेसम्म भौतिकरूपमा लिखित परीक्षा लिनुपर्छ भन्ने विज्ञहरुको सुझाबअनुसार
परीक्षा बोर्डले तयारी गर्न थालेको हो ।

सोही योजनाअनुरूप बोर्डले आउँदो साउन मसान्तभित्र परीक्षा सम्पन्न हुने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग
अनुमतिका लागि गत बिहीबार पत्राचार गरेको छ ।

शिक्षा मन्त्रालयले भने कुनै निर्णय दिएको छैन । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार यस विषयमा मन्त्रालय एक्लैले निर्णय गर्न सक्दैन ।

शर्माले को’भिड–१९ सं’कट व्यव’पन केन्द्र (सीसीएमसी) को राय र निर्णय अनुसारमात्रै शिक्षा मन्त्रालयले निर्णय दिन सक्ने बताए ।
उनले यसमा शिक्षा मन्त्रालयको आफ्नो भनाइ नहुने तथा सीसीएमसी र विज्ञहरुको सल्लाह बमोजिम निर्णय हुने बताए ।

यसअघि कक्षा १२ को परीक्षा गत जेठ २६ गते शुरू हुने तय भएको थियो । को’रोना भा’इरस सं’क्रमण बढ्न थालेपछि वैशाख १६
गतेदेखि नि’षेधाज्ञा जारी हुँदा परीक्षा स्थगित भएको भएको थियो ।

काठमाडौँमा परीक्षाको बाटो खुल्यो
काठमाडौँ उपत्यकाका तीन जिल्लामा भने स्वास्थ्य सुरक्षाका मापद’ण्ड पालना गरेर लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न पाइने भएको छ ।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो । बैठकले स्वास्थ्य सुरक्षाका
शर्तहरुसहित परी’क्षा सञ्चालन गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

परीक्षा हल तथा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी नहुने गरी परीक्षा सञ्चालन गर्न पाइनेछ । परीक्षार्थीको संख्या धेरै भएमा सिफ्टमा
परीक्षा चलाउनुपर्ने पनि उनले बताए । एउटा सिफ्टका सबै परीक्षार्थीहरु परी’क्षास्थलबाट पूर्णरुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टकालाई प्रवेश गराउनुपर्नेछ ।

लोकसेवा आयोग र त्रिवि पनि तयारीमा

लोक सेवा आयोग र त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पनि स्थगित परीक्षाहरु सञ्चालन गर्ने तयारी गरेका छन् । आयोग र विश्वविद्यालयले
परीक्षा तालिका समेत सार्वजनिक गरेका छन् ।

त्रिविले केही परीक्षाहरु आगामी साउन ५ गते र साउन ११ गतेदेखि लिने तयारी गरेको छ । लोक सेवा आयोगले साउन १५ गतेदेखि
परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यो समाचार खबर हब डटकम बाट साभार गरियको हो