Wednesday, December 1
Shadow

काठमाडौं उपत्यकामा अाजबाट नयाँ नियम लागु ! जान्नुस के गर्न पाइन्छ

काठमाडौं उपत्यकामा फेरि एक साता निषे’धाज्ञा थप गरिएको छ । आइतबार उपत्यकाका तीन जिल्ला भक्तपुर,
ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले टेम्पो र माइक्रोबस चल्न दिने निर्णय गरिएको जानकारी दिए ।

“स्वास्थ्य मा’पदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्नेछ । सिट क्षमताभन्दा एकजना पनि बढी यात्रु चढाउन पाइने छैन ।
संक्रमण बढ्न सक्ने जोखिम कायमै छ । भनेजति सं’क्रमणदर घटेको छैन,” उनले भने ।

विद्यालय, मठमन्दिर, पार्टी प्यालेस, सिनेमा हल, जिमखाना लगायतका क्षेत्र भने पहिलेकै नियम कायम राखिने निर्णय भएको छ

२५ सिट क्षमताभन्दा माथिका सार्वजनिक सवारी साधन गत सातादेखि नै सञ्चालनमा आइसकेका छन् । साना बस, माइक्रो,
टेम्पो लगायतका सार्वजनिक सवारी साधन २२ गतेदेखि सञ्चालनमा आउने भएका छन् ।

दोस्रो लहरको को’रोना महा’मारीको चेन ब्रेक गर्न भन्दै गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा नि’षेधाज्ञा जारी छ ।
पछिल्लो साता थप गरिएको निषे’धाज्ञा भोलि सोमबार २१ गते राति १२ बजे सकिँदैछ । बार्हखरिबाट साभार गरियको