Saturday, October 23
Shadow

सामान्य रुघा’खोकी पनि हुन सक्छ को’रोना सं’क्रमणको लक्षण ! पुरा खबर

बितेका डेढ वर्षमा को’रोना भाइ]रसका नयाँ नयाँ स्वरूप मात्रै देखिएका छन्, यसको सं’क्रमणका लक्षण पनि परिवर्तन भइरहेका छन्।

ताजा तथ्यांकले केही समययता तीव्र गतिमा फैलिरहेको डेल्टा भेरिए’न्टबाट सं’क्रमितले पछिल्लो वर्ष सुरुवातका लक्षणभन्दा फरक अनुभव गरिरहेका छन्।
बेलायतको ताजा विवरणले साधारण रुघाखो की पनि अब कोरो’नाको लक्षण हुन सक्ने देखाएको हो।

संक्र’मितमा हुन सक्छन्, फरक फरक लक्षण
अस्ट्रेलियाको ग्रिफिथ युनिभर्सिटीअन्तर्गत संक्रामक रोग एवं भाइरो’लोजिस्ट अनु’सन्धान प्रमुख लारा हररोका अनुसार हरेक मानिसमा प्रतिरक्षा प्रणाली फरक
फरक हुन्छन्। यसैकारण एकै भाइरसले गर्ने संक्रमणमा पनि अलग अलग लक्षण देखिन सक्छन्।

उनले भनेका छन्, ‘भा’इरसले लाग्ने रोग दुई प्रमुख कारकमा निर्भर हुन्छ। पहिलो– भाइरसको प्रतिक्रियाको गति र प्रसार। दोस्रो–
म्युटेसनका कारण भाइ’रल कारकको परिवर्तन।’

डेल्टा स्वरूपमा केही परिवर्तन भएको हो?
बेलायतमा मोबाइल एपको स्वचालित रिपोर्टिङ प्रणालीबाट प्राप्त जानकारीअनुसार को’रोनाका सामान्य लक्षणमा परिवर्तनको संकेत देखिएका छन्। ज्वरो र
खोकी को’रोनाका सबैभन्दा सामान्य लक्षण हुन्। टाउको र घाँटी दुख्ने लक्षण पारम्परिक रूपमा केही मानिसमा दे’खिइरहेको थियो। तर नाकबाट तर पदार्थ
बग्ने लक्षण बिरलै पाइएको थियो। यस्तै सुँघ्ने क्षमता क’मजोर हुनु पनि गत वर्ष प्रमुख लक्षण मानिएकामा अहिले यो नवौं स्थानमा झरेको छ। ​

सामान्य रुघा’खोकी पनि हुन सक्छ को’रोना सं’क्रमणको लक्षण
हरेरो भन्छन्, ‘हामीले डेल्टा भेरि’एन्टबारे अझै धेरै जानकारी प्राप्त गर्न आवश्यक छ। तर अहिलेसम्मको अध्ययनले हामीले रुघाखोकी तथा चिसो
लाग्नु (नाकबाट तरर पदार्थ झर्नु, घाँटी दु’ख्नु) लाई सा’मान्य ठानिरहेका छौं, योसमेत को’रोना सं’क्रमणका लक्षण हुन सक्ने देखाएको हो।’

यसको ठोस जवाफ अझै प्राप्त हुन सकेको छैन
ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएपछि को’रोना ‘संक्र’मण युवामा बढी देखिन थालेको छ। उनीहरूलाई हल्कादेखि मध्यसम्म लक्षण देखिएका छन्।
यो भाइर’सको क्रमिक विकास तथा डेल्टाका विभिन्न विशे’षताका कारणले पनि हुन सक्छ। तर लक्षण परिवर्तन हुनाको खास कारण अहिलेसम्म थाहा
हुन सकेको छैन। स्रोत : अमर उजाला